आज जसपाका क-कसले गरे सामूहिक रुपमा पार्टी त्याग ?

काठमाडौँ: जसपा पार्टीका ६९ नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । उनीहरूले एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि पार्टीको विविध पद र दायित्वमा रही क्रियाशिल, सभ्य, इमान्दारीताका साथ पदीय जिम्मेवारी निष्ठापूर्वक पुरा गरेको र आगामी दिनमा पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्न नसक्ने जनाएका हुन् ।

देश र समग्र जनताको परिवर्तनका साथै आदिवासी, जनजाति, मधेसी, मुस्लिम, दलित, थारु, पिछडा, सिमान्तकृत वर्गका समानुपातिक समावेशी अधिकार सुनिश्चितता गर्ने जसपा पार्टीको जन्म भएको तर अहिले पार्टी नेतृत्वमा स्वेच्छाचारिता, र एकलौटी ढंगबाट पार्टी संचालन गर्ने, नीति, नियम र नेतृत्व प्रष्ट नभएको, पार्टी संगठनात्मक संरचनामा नभई व्यक्ति, ठेकेदार र भ्रष्टाचारी हावी भएको उनीहरूको आरोप छ । यस्तै पार्टी देश र जनताको हितमा नभई सीमित आसेपासे, नातेदार र द्रव्यदारहरूको चंगुलमा डुब्दै गएको उनीहरुको आरोप छ ।

यही कारण आजकै मितिदेखि लागु हुने गरी पार्टीले दिएको जिम्मेवारी त्याग गरी जसपा पार्टीबाटै सामूहिक राजीनामा गरेको उनीहरुको भनाइ छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago