रुकुमकोट बजारको मुख्य ढल निकासको काम गरिरहेको ठेकेदार कम्पनीको लापरबाहीले निर्माणाधीन ढल चुहिन थालेको छ । सिस्ने गाउँपालिका–६ स्थित छिप्रीदहमा निर्माणाधीन ढल चुहिन थालेपछि स्थानीयले विरोध जनाएका छन् । पालिकाले पनि यसतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
चालु आर्थिक वर्ष २०७८/७९ मा छिप्रीदह–सेराखेत ढल निकासको कामको जिम्मा पाएको निर्माण व्यवसायी रञ्जित रञ्जन कन्ट्रक्सन प्रालि गुल्मीको लापरबाहीका कारण ढल निकास कच्ची भएको स्थानीयले बताएका छन् ।
ढल निकासको काममा गुणस्तरीयता नभएको गुनासोपछि उक्त योजनाको अनुगमन पनि गरिएको छ । पालिका उपाध्यक्ष गोपाल रेउले नेतृत्वको टोलीले गरेको अनुगमनमा काममा त्रुटि पाइएको छ । विशेष गरी ह्युम पाइप जडानमा त्रुटि भेटिएको रेउलेले बताए ।
ठेकेदार कम्पनीले चालु आर्थिक वर्षमा भ्याटबाहेक १ करोड ३७ लाख रुपैयाँमा ५ सय ५ मिटरमा ढल निकासको जिम्मा पाएको थियो । ०७८ माघमा सम्झौता गरी काम सुरु गरेको कम्पनीले सेराखेतमा ढल पाइपलाई राम्रोसँग नजोड्दा समस्या भएको हो । जसका कारण बजारभरिको फोहोर किसानका खेतबारीमा बग्ने गरेको छ ।
अनुगमनपछि त्रुटि भएको ठाउँमा पुनः काम गर्न निर्माण कम्पनीलाई सम्पर्कमा आउन निर्देशन भएको छ । निर्माण कम्पनीका प्रतिनिधि सम्पर्कविहीन भएकाले सम्पर्कमा ल्याएर काम गर्न निर्देशन दिइएको गाउँपालिका उपाध्यक्ष रेउलेले बताए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…