“वर्षातको समयमा ठूला मालवाहक टिप्पर सञ्चालन हुँदा कालोपत्रेको पटहोल निस्कन गई सडक जीर्ण बन्ने”
पाल्पा, २ असार ।
सडकको कालोपत्रे भन्त्किने कारण देखाउदै सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डमा टिपर चलाउन रोक लागाइएको छ । सडक डिभिजन कार्यालय पाल्पाले जारी गरेको सूचना अनुसार असारदेखि भदौ मसान्तसम्म तीन महिनाका लागि धेरै भार बहन गर्ने टिप्पर सञ्चालनमा रोक लगाएको हो ।
सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालका अनुसार सिद्धार्थ राजमार्गको सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएको, केही स्थानमा निर्माणको कार्य भैरहेको र वर्षातको समयमा धेरै भारबहन भएका सवारी सञ्चालन हुँदा कालोपत्रेको पटहोल निस्कन गई सडक जीर्ण बन्ने हुँदा त्यस्ता सवारी सञ्चालनलमा रोक लगाइएको हो ।
स्मरण रहोस यो सडकमा त्यस्ता मालबाहक सवारीसाधन को भार नाप्ने तौलपुलको ब्यव्स्था रहेको छैन ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…