एसपीपीमा सहभागीताको लागि नेपाली सेनाले पठाएको पत्र सार्वजनिक

काठमाडौं । नेपाली सेनाले स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) मा सहभागी हुन अमेरिकालाई पत्र पठाएको खुलेको छ । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले सन् २०१५ अगस्ट २७ मा तत्कालीन अमेरिकी राजदूतलाई पठाएको पत्र बिहीबार  सार्वजनिक भएको हो ।

फाइल फोटो

सेनाले २०७२ कात्तिक १० गते नेपालको लागि तत्कालिन अमेरिकी राजदूत एलिना बी. टिप्लिट्जलाई पत्र लेखि एसपीपीमा सहभागी हुन अनुरोध गरेको पाइएको हो । पत्र तत्कालिन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले राजदूतलाई सम्बोधन गरी लेखेका छन् । पत्र सेनाले परराष्ट्र मन्त्रालय मार्फत नपठाई सिधै राजदूतलाई सम्बोधन गरी पठाएको छ भने वोधार्थ रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई दिएको छ ।

सेनाले एसपीपीमा सहभागी हुन अमेरिकालाई पत्र लेख्दा देशको प्रधानमन्त्री केपी शर्मा ओली रहेका थिए । ओली नयाँ संविधान जारी भएपछि २०७२ असोज २५ गते पहिलो पटक देशको प्रधानमन्त्री बनेका थिए । ओली प्रधानमन्त्री बनेको १५ दिनपछि सेनाले अमेरिकी राजदूतलाई एसपीपीमा सहभागी हुन पत्र लेखेको थियो ।

पहिलो बुँदामा लेखिएको छ – ‘नेपाल सरकारको निर्देशन बमोजिम नेपालको लागि निकट भविष्यमा ‘नेशनल गार्ड स्टेट पार्टनरसीप प्रोग्राम (एनजीएसएसपी)’ स्थापनाको औपचारिक अनुरोध गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो । ‘

यसअघि नेपाली सेनाले एक विज्ञप्ति जारी गर्दै सपीपी सम्झौताको प्रक्रियामा नेपाली सेना सहभागी नभएको दावी गरेको थियो । यस्तै बिहीबार नै गृहमन्त्री बालकृष्ण खाणले सरकारले एसपीपीसँग आवद्ध हुने सोचसमेत नराखेको बताएका थिए । उनले भनेका थिए – ‘एसपिपी कार्यक्रममा नेपाल आवद्ध भएको छैन, यससम्बन्धी कुनै निर्णय गरेको छैन, निर्णय गर्ने सोच राखेको पनि छैन, यसमा सुस्पष्ट रुपमा प्रतिबद्धता राख्न चाहन्छु’

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago