कुवेतबाट फर्किएपछि कप्तान नवयुगले भने : प्रशिक्षकको व्यवहार चित्तबुझ्दो थिएन

काठमाडौं । नेपाली फुटबल टिमका कप्तान नवयुग श्रेष्ठले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको खेलाडीप्रतिको व्यवहार चित्त बुझ्दो नभएको बताएका छन् ।

फाइल फोटो

कुवेतमा भएको एसियन कप छनोट खेलेर फर्किएपछि कप्तान नवयुगले खेलाडी र प्रशिक्षकबीचको विवादबारे बोलेका हुन् । उनले भने, ‘खेलाडी आफैंले होटल छोडेर गएका होइनन् । प्रशिक्षकले होटल छोडेर जान सक्छौं भने पछि उनीहरु निस्किएका हुन् । खेलाडीप्रति प्रशिक्षकले गरेको व्यवहार चित्त बुझ्दो थिएन ।’

प्रशिक्षकसँगको विवादपछि १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए, त्यतिबेला नै खेलाडीको पक्षमा बोलेका गोलकिपर किरण चेम्जोङलाई पनि अलमुताइरीले टिममा राखेनन् । उनी नयाँ खेलाडी लिएर कुवेत गएका थिए । जसमा नवयुग श्रेष्ठले कप्तानको जिम्मेवारी पाएका हुन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago