काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपाललाई स्वीकार्य नभएको बताएका छन् । शर्माले एसपीपीकाबारे नेपालले अमेरिकालाई ’नो थ्याङ्स’ भन्नुपर्ने बताएका हुन् । आज सामाजिक सञ्जालमा ट्विट गर्दै शर्माले कांग्रेसको धारणा पनि यही बन्ने र कांग्रेस नेतृत्वको सरकारले यही धारणाको प्रतिनिधित्व गर्ने बताए ।
उनले लेखेका छन्, ‘अमेरिकालाई प्रष्ट भन्नुपर्छ – No, Thanks… एसपिपी हामीलाई स्विकार्य छैन ! `काँग्रेसको धारणा यहि बन्नेछ र काँग्रेस नेतृत्वको सरकारले यहि धारणा प्रतिनिधित्व गर्नेछ l हामी साझा ढंगले प्रष्ट छौं- समुन्नतिमा सबैको साथ स्वीकार्य, सामरिक सहकार्यको रणनीतिक प्रस्ताव सदैव अस्वीकार्य !’
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…