काठमाडौँ: भक्तपुर नगरपालिकामा अहिलेसम्म फराकिलो मतान्तरले नेपकिपाकै अग्रता कायम छ । हालसम्मको मतगणनामा नेमकिपाका मेयर सुनिल प्रजापतिले २७ हजार ६ सय ६० मत प्राप्त गरेका छन् । कांग्रेसका मेयर उम्मेदवार रामप्रसाद कासुला ३ हजार १ सय ९९ मत ल्याएर दोस्रो स्थानमा छन् भने एमालेका रवीन्द्र लाछिमस्यु २ हजार ६ सय ६७ मत ल्याएर तेस्रो स्थानमा छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार सत्यराम त्वायनाले २ हजार २ सय ५४ मत प्राप्त गरेका छन् ।
उपमेयरमा पनि नेमकिपाकै अग्रता छ । नेमकिपाकी उपमेयर उम्मेदवार रजनी जोशी २८ हजार १ सय १० मत ल्याएर अग्र स्थानमा छिन् । एमालेकी रञ्जना खर्बुजा २ हजार ७ सय २४ मत ल्याएर दोस्रो स्थानमा छिन् । त्यस्तै, नेकपा एकीकृत समाजवादीका ओमचरण अमात्य १ हजार ७ सय ४२ मत ल्याएर तेस्रो स्थानमा छन् ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…