चितवन: चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (एमाले)का विजय सुवेदीले अग्रता कायम राखेका छन् । पछिल्लो विवरणअनुसार ११ हजार २०७ मत गणना हुँदा नेकपा एमालेका विजय सुवेदीले ३ हजार ८९९ मत पाएका छन् ।

त्यस्तै, सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले भने ३ हजार ८५६ मत पाएकी छन् ।

त्यस्तै, मेयरकै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ५४८ मत पाएका छन् ।

उपप्रमुखमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ४ हजार ४३१ मत हासिल गर्दै अग्रतालाई फराकिलो बनाएका छन् । उपप्रमुखमा राप्रपाकी हिमला गुरुङले ३ हजार ४१ मत पाएकी छन् ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago