बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष समारोहका बीच बुद्ध पूर्णिमा मनाईदै

बुटवलः सोमबार (आज) २५६६ औं बुद्ध पूर्णिमा । बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष समारोहका बीच बुद्ध पूर्णिमा मनाईदैछ । त्यसका लागि आवश्यक सबै तयारी पूरा भएको छ । बुद्ध पूर्णिमाको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएकाले पनि यस वर्ष बुद्ध पूर्णिमा विशेष हुने भएको हो । त्यसका लागि विश्व शान्तिको मुहानमा रुपमा चिनिने लुम्बिनी सिंगारेर चिरिच्याट्ट पारिएको छ । त्यसै विशिष्ट पाहुनाहरुको समेत सहभागिता रहने भएकोले सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ ।

लुम्बिनी विकास कोषले बुद्धपूर्णिमाका दिन सोमबार आइपुग्ने भारतीय प्रधानमन्त्रीको स्वागतका लागि आवश्यक सबैजसो तयारी पूरा भएको जानकारी दिएको छ । भौतिक संरचना निर्माण र सजावटका साथसाथै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्र र मायादेवी मन्दिर सिगांर्ने काम पूरा भइसकेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिए । लुम्बिनीमा बुद्धपूर्णिमाको कार्यक्रमकै तयारी र पाहुनाको स्वागतका लागि आइतबार नै पर्यटन तथा संस्कृतिमन्त्री प्रेम आले तथा परराष्ट्रमन्त्री नारायण खड्का लगायत लुम्बिनी आईपुगेका छन् ।

यसअघि शनिबार नै गृहमन्त्री बालकृष्ण खाँणले लुम्बिनीको सुरक्षा व्यवस्था र आवश्यक तयारी निरीक्षण गर्दै कोषका पदाधिकारी र सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका थिए । त्यसैगरी विभिन्न मुलुकका विशिष्ट अतिथिहरू पनि लुम्बिनी आइपुगेको कोषाध्यक्ष भट्टराईले बताए । ‘कूटनीतिक निकाय र नेपाल सरकारका उच्च अधिकारी आईतबार नै लुम्बिनी आईपुग्नु भएको छ ,उनले भने । भट्टराईका अनुसार काठमाडौंबाट आइतबार १ हजार १ सय भिक्षु र भिक्षुणी पनि लुम्बिनी आइपुगेका छन् ।

बुद्धपूर्णिमा मनाउन मायादेवी मन्दिरको भित्र र बाहिर रंगरोगन गरिएको छ । बाहिरी पुरातात्विक संरचनालाई फूलले सजाएर आकर्षक बनाइएको छ । मन्दिर परिसरभित्र, बाहिर र अशोक स्तम्भभित्र सरसफाइ गरेर चिटिक्क बनाइएको छ । बाटोघाटो सफा गरिएको छ भने विहारहरूलाई झिलिमिली बत्तीले ढाकिएको छ । पवित्र उद्यान क्षेत्रमा झिलिमिली बत्ती राखिएको छ । लुम्बिनी गुरुयोजनाको भैरहवा तौलिहवा सडक खण्डअन्तर्गत एक किलोमिटर कालोपत्रे बाटाका दुईतर्फ नेपाल, भारत र बौद्ध धर्मावलम्वीका झण्डा टांगिएको छ । भैरहवादेखि लुम्बिनीसम्मको सडक चोक चोकमा स्वागतद्वार निर्माण गरिएको छ। लुम्बिनीमा मोदी बुद्धपूर्णिमाको मूल समारोह, मायादेवी मन्दिर अवलोकन र भारतले निर्माण गर्ने विहारको शिलान्यासमा सहभागी हुनेछन् । उक्त विहारको प्रधानमन्त्री देउवा र मोदीले संयुक्त रूपमा शिलान्यास गर्ने कार्यक्रम छ । उक्त विहार एक अर्ब भारतीय रुपैयांमा ३ वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य छ ।

सुरक्षामा नेपाल र भारतका सुरक्षाकर्मी

बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री आउने भएपछि सुरक्षा व्यवस्था उच्च राखिएको छ । मोदीको सुरक्षाका लागि ३० जना भारतीय सुरक्षाकर्मी (स्पेसल प्रोटेक्सन गार्ड) बुधबार नै लुम्बिनी आइसकेका छन् ।

भैरहवा, लुम्बिनी क्षेत्रमा यस अघिको तुलनामा दैनिक चेकजाँच बढाइएको छ । लुम्बिनी आएका भारतीय सुरक्षाकर्मीले दैनिक लुम्बिनीमा नेपाली र भारतीय सुरक्षाकर्मीको टोलीले संयुक्त गस्ती सुरु गरिरहेका छन् । फ्रन्टलाइनमा भारतीय सुरक्षाकर्मी, भित्री सुरक्षा सबै प्रहरी हेडक्वार्टरले हेरेको र बाहिरी सुरक्षा मात्र जिल्लालाई जिम्मा दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए । मोदीका लागि लुम्बिनीमा ४ वटा हेलिप्याड बनाइएको छ । भारतीय प्रधानमन्त्रीलाई ल्याउने भारतीय वायु सेनाका दुई एमआई १७ हेलिकोप्टरले हालै निर्माण गरिएका दुई हेलिप्याडमा शनिबार परीक्षण उडान गरेका छन् । भारतीय सुरक्षा अधिकारीले हेलिप्याड अवलोकन र सुरक्षात्मक अवस्था जाँचबुझ गर्दै प्राविधिक जानकारी समेत लिएका छन् ।

मोदीको पहिलो लुम्बिनी भ्रमण तालिका यस्तो छ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ सोमबार बिहान ११ बजे लुम्बिनी आउने कार्यक्रम तय भएको छ । उनी दिल्लीबाट कुशीनगर झरेर त्यहांबाट हेलिकप्टर प्रयोग गरेर सोझै लुम्बिनी आउने छन् । मोदीको भारतीय प्रधानमन्त्रीको रूपमा गर्न लागेको यो पाँचौं नेपाल भ्रमण हो । यद्यपि उनी लुम्बिनीमा पहिलोपटक आउंदैछन् । यसअघि सन् २०१४ मा पनि मोदी लुम्बिनी आउने कार्यक्रम थियो तर लुम्बिनी नआई मुस्ताङको मुक्तिनाथ पुगेर भारत फर्केका थिए ।

उनी प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक निमन्त्रणमा लुम्बिनी भ्रमणमा आउन लागेका हुन् । लुम्बिनीमा मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गर्ने छन् । त्यसपछि मोदीले मायादेवी मन्दिर दर्शन र भारतीय बुद्धिस्टहरूको संस्था इन्टरनेसनल बुद्धिस्ट कन्फेडेरेसनले बनाउने बौद्ध बिहारको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । एक अर्ब भारतीय रुपैयामा तीन वर्षभित्र बौद्ध बिहार निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ ।

मायादेवी मन्दिरमा करिब ४० मिनेट विशेष पूजामा सहभागी हुने र त्यहां केहीबेर फोटो सेसन तथा अशोक स्तम्भ अगाडि दीप प्रज्जवलन गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषले जानकारी दिएको छ । त्यसपछि मोदी २५६६ औँ बुद्धजयन्ती मूल समारोहमा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय प्रधानमन्त्री मोदीलाई लुम्बिनीमा नै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । लुम्बिनीमा नै दुई देशका प्रधानमन्त्रीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता हुनेछ । वार्तामा नेपाल–भारत सम्बन्धका सबै आयामहरूमा छलफल हुने परराष्ट्रले जनाएको छ ।

भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने परराष्ट्रले जनाएको छ । भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीबाट सोही दिन स्वदेश फर्कने छन् । मोदी लुम्बिनीमा करिब ३ घण्टा रहने सुरक्षा स्रोतले जनाएको छ । लुम्बिनीमा भारतीय सुरक्षा निकाय र भारतीय पत्रकारहरु पनि आइपुगेका छन् ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago