भोजपुर: भोजपुरको साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेले टिकट नदिएपछि विद्रोह गरेर बागी उठेका दौलथ कुलुङ साल्पासिलिछो गाउँपालिकामा विजयी भएका हुन् ।
एमालेले शान्ति अधिकारीलाई टिकट दिएपछि विद्रोह गरेर अध्यक्षमा उठेका उनले निवर्तमान गाउँपालिका अध्यक्ष महेश राईलाई २८ मतान्तरले पराजित गरे ।
विजयी भएका कुलुङले १८ सय १४ मत ल्याउन सफल भए । उनका निकटतम प्रतिद्वन्द्वी महेश राईले १७ सय ८६ मत ल्याए । अर्कातिर तेस्रो भएको एमालेका अधिकारीले १३ सय ८३ मत मात्रै ल्याउन सफल भए ।
उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी अस्मिता कुलुङ १८ सय ६२ मतसहित विजयी भइन् । स्वतन्त्र उठेपछि उनलाई बागी दिएको आरोपमा एमालेले पार्टीबाटै निष्कासित गरेको थियो । तर, उनैले निवर्तमान अध्यक्ष र एमालेका शान्ति अधिकारीलाई हराइदिएका हुन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…