साल्पासिलिछो गाउँपालिका अध्यक्षमा स्वतन्‍त्र उम्मेदवार दौलथ कुलुङ विजयी

भोजपुर: भोजपुरको साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेले टिकट नदिएपछि विद्रोह गरेर बागी उठेका दौलथ कुलुङ साल्पासिलिछो गाउँपालिकामा विजयी भएका हुन् ।
एमालेले शान्ति अधिकारीलाई टिकट दिएपछि विद्रोह गरेर अध्यक्षमा उठेका उनले निवर्तमान गाउँपालिका अध्यक्ष महेश राईलाई २८ मतान्तरले पराजित गरे ।
विजयी भएका कुलुङले १८ सय १४ मत ल्याउन सफल भए । उनका निकटतम प्रतिद्वन्द्वी महेश राईले १७ सय ८६ मत ल्याए । अर्कातिर तेस्रो भएको एमालेका अधिकारीले १३ सय ८३ मत मात्रै ल्याउन सफल भए ।

उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी अस्मिता कुलुङ १८ सय ६२ मतसहित विजयी भइन् । स्वतन्त्र उठेपछि उनलाई बागी दिएको आरोपमा एमालेले पार्टीबाटै निष्कासित गरेको थियो । तर, उनैले निवर्तमान अध्यक्ष र एमालेका शान्ति अधिकारीलाई हराइदिएका हुन् ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago