विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार नागेश कोइरालाले अग्रतालाई कायम राखेका छन्।

सोमबार बिहानसम्म गठबन्धन तर्फका मेयर उम्मेदवार कोइरालाले ४ हजार २ सय ७० मत पाएका हुन् । उनको निकतटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सागर थापा हाल १ हजार १ सय ९४ मतले पछि रहेका छन् ।

थापाले अहिलेसम्म ३ हजार ७६ मत पाएका छन् ।

त्यसैगरि, स्वतन्त्रतर्फ उमेश यादवले १ हजार ३ सय ८५ पाएका छन् ।

उपमेयरतर्फ नेकपा एमालेकी शिल्पा निराला कार्कीले ३ हजार ५ सय २६ मत ल्याउँदा उनको निकतटम प्रतिद्वन्द्वी जसपाका अमरेन्द्र यादवले २ हजार ३ सय ५५ मत पाएकाछन्। माओवादीकी पूर्व महानगर सचिव हाल स्वतन्त्रबाट उम्मेदवारी दिएकी नमिता न्यौपानेले ७ सय ६४ मत ल्याएकी छिन्।

यता महानगरपालिकामा नेकपा एमालेले विजयी सुरुआत गरेको छ। वडा नम्बर १९ मा एमालेका उम्मेदवार श्याम घिमिरेले ९ सय ८७ मत ल्याएर विजयी भएका हुन्।

उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका उदय राजवंशीले ९ सय ५ मत पाएकाछन्। उनी घिमिरे भन्दा ८२ मतको अन्तरले पराजित भएका हुन्। वडा नम्बर १९ मा २ हजार ९ सय ६४ मत खसेको थियो।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago