विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार नागेश कोइरालाले अग्रतालाई कायम राखेका छन्।

सोमबार बिहानसम्म गठबन्धन तर्फका मेयर उम्मेदवार कोइरालाले ४ हजार २ सय ७० मत पाएका हुन् । उनको निकतटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सागर थापा हाल १ हजार १ सय ९४ मतले पछि रहेका छन् ।

थापाले अहिलेसम्म ३ हजार ७६ मत पाएका छन् ।

त्यसैगरि, स्वतन्त्रतर्फ उमेश यादवले १ हजार ३ सय ८५ पाएका छन् ।

उपमेयरतर्फ नेकपा एमालेकी शिल्पा निराला कार्कीले ३ हजार ५ सय २६ मत ल्याउँदा उनको निकतटम प्रतिद्वन्द्वी जसपाका अमरेन्द्र यादवले २ हजार ३ सय ५५ मत पाएकाछन्। माओवादीकी पूर्व महानगर सचिव हाल स्वतन्त्रबाट उम्मेदवारी दिएकी नमिता न्यौपानेले ७ सय ६४ मत ल्याएकी छिन्।

यता महानगरपालिकामा नेकपा एमालेले विजयी सुरुआत गरेको छ। वडा नम्बर १९ मा एमालेका उम्मेदवार श्याम घिमिरेले ९ सय ८७ मत ल्याएर विजयी भएका हुन्।

उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका उदय राजवंशीले ९ सय ५ मत पाएकाछन्। उनी घिमिरे भन्दा ८२ मतको अन्तरले पराजित भएका हुन्। वडा नम्बर १९ मा २ हजार ९ सय ६४ मत खसेको थियो।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago