पाणिनिः पाणिनि गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उमेदवार टेकराज न्यौपानेले आफ्ना निकटतम प्रतिनिधि काङ्ग्रेसका अच्युत गौतमलाई ७२१ मतान्तर सहित ७ हजार ७ सय ४९ मत सहित बिजयी भए। यस्तै उपाध्यक्षमा एमालेकै नर्मदा पौडेल ७ हजार ६ सय ६१ मत सहित ६ सय २३ मतले काङ्ग्रेसका लक्ष्मी गौतमलाइ पछि पार्दै बिजयी भए।

को हुन टेकराज न्यौपाने ?
वि. स. २०२३ बैसाख २९ गते पाणिनी गाउँपालिकाको अडगुरी भञ्ज्याङमा जन्मिएका न्यौपाने विधार्थी जीवन बाटै राजनैतिक क्षेत्रमा सक्रिय छन् ।उनी जनज्योति माध्यमिक विद्यालय सन्धिखर्क चुत्राबेशीमा कक्षा ८ मा अध्यन गर्दा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भए ,कक्षा ९ मा अध्यन गर्दा सारदा माध्यमिक विद्यालय सतिनेटा अनेरास्ववियु विद्यालय कमिटी को सचिव भएका उनि एसएलसी उत्तीर्ण हुँदै त्यहा भन्दा माथि को शिक्षाको लागि भारत गएका थिए ।
२०४९ साल देखि २०७० साल सम्म श्री विद्या विनोद माध्यमिक विद्यालय अड्गुरीको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भइ अर्घाखाँची जिल्लाकै नमुना विद्यालयको छनोटमा विद्यालयलाई पार्न सफल भएका हुन् ।

वि स २०५१ सालमा तत्कालिन अड्गुरी गाविस को सचिव भएका न्यौपाने वि. स. २०५४ सालमा अड्गुरी गाविसको ने क पा एमालेको तर्फबाट गाविस अध्यक्षको उमेद्वारी सँगै झिनो मतले पराजित भएका थिए । वि स २०५९ सालमा नेकपा एमाले अर्घाखाँची जिल्ला कमिटी सदस्य हुँदै वि स २०७४ सालमा नेकपा एमाले संपर्क मञ्च अध्यक्ष हुँदै अहिले नेकपा एमाले पाणिनी गाउँपालिका कमिटी इन्चार्ज पनि हुन् ।
गाउँपालिका इन्चार्ज भए सँगै नेकपा एमालेको तर्फबाट पाणिनी गाउपालिकाको अध्यक्षमा उमेद्वारी दिएका न्यौपाने पालिका कमिटिको सर्वसम्मत चयन भएका उमेद्धवार हुन । उनका चुनाबी एजेण्डा पनि जनतालाई प्रतक्ष्य र सकारात्मक प्रभाव पार्ने खालका रहेका छन् । शिक्षा ,स्वास्थ्य, खानेपानी ,बाटो ,कृषि लगायतका क्षेत्रको विकास उनको मुख्य लक्ष्य रहेको छ ।

सालिन स्वभाव, बौद्धिक ब्यातित्व, प्रष्ट विचार र स्पष्ट धारणा भएका उनि आफ्ना एजेण्टा सहित जनताको घर दैलोमा पुगेका न्यौपानेलाई जनताले रुचाएका छन् । उनी पैसा कमाउनको लागि राजनीतिकमा नआएको, जनताको सेवा गर्नको लागि आफ्नो उमेद्वारी दिएको बताउँछन।पैसा भन्दा ठूलो जनता को सेबा रहेको उनी बताउँछन् । उनको यो उमेद्वारीले पाणिनीको स्थानीय तहको चुनाव एकलौटी हुने एमाले कार्यकर्ता बताउने गरेकाथिए ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago