रुपन्देही: नेकपा एमालेले बुटवल उपमहानगरपालिका वार्ड नं. १९को वडाध्यक्षमा जितेर खाता खोलेको छ । यसअघिको निर्वाचनमा जितेका वडा नं. १ र २ मा पराजित भएको एमालेले कांग्रेसको बलियो क्षेत्र मानिएको वडा नं. १९ मा जित निकालेको हो ।
आइतबार राति सकिएको मतगणनामा एमालेका चन्द्रसिंह थापाले ४० मत बढी ल्याएर विजयी भएका हुन् । उनले कांग्रेसका उम्मेदवार मीनप्रसाद श्रेष्ठलाई पराजित गरी विजयी भएका हुन् । गणना सकिएका वार्ड नं.१ र २ मा पराजित भएको र प्रमुखमा पनि धेरै मतान्तरले पछि परेको एमालेलाई १९ को जीतले ठूलो राहत दिलाएको छ ।
गृहमन्त्री बालकृष्ण खाणको निर्वाचन क्षेत्रमा पर्ने यो वडा नेपाली कांग्रेसले बलियो क्षेत्र मान्दै आएको थियो । यसअघिको निर्वाचनमा बुटवलमा यो सहित ३ वटा वडाध्यक्ष कांग्रेसले जितेको थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…