रुपन्देही: नेकपा एमालेले बुटवल उपमहानगरपालिका वार्ड नं. १९को वडाध्यक्षमा जितेर खाता खोलेको छ । यसअघिको निर्वाचनमा जितेका वडा नं. १ र २ मा पराजित भएको एमालेले कांग्रेसको बलियो क्षेत्र मानिएको वडा नं. १९ मा जित निकालेको हो ।

आइतबार राति सकिएको मतगणनामा एमालेका चन्द्रसिंह थापाले ४० मत बढी ल्याएर विजयी भएका हुन् । उनले कांग्रेसका उम्मेदवार मीनप्रसाद श्रेष्ठलाई पराजित गरी विजयी भएका हुन् । गणना सकिएका वार्ड नं.१ र २ मा पराजित भएको र प्रमुखमा पनि धेरै मतान्तरले पछि परेको एमालेलाई १९ को जीतले ठूलो राहत दिलाएको छ ।

गृहमन्त्री बालकृष्ण खाणको निर्वाचन क्षेत्रमा पर्ने यो वडा नेपाली कांग्रेसले बलियो क्षेत्र मान्दै आएको थियो । यसअघिको निर्वाचनमा बुटवलमा यो सहित ३ वटा वडाध्यक्ष कांग्रेसले जितेको थियो ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago