रोल्पामा विप्लव ‘कमजोर’,स्वतन्त्र उम्मेदवार ‘शक्तिशाली’

काठमाडौं चुडामणी वली (आदर्श) ले स्थानीय तह निर्वाचनको प्रचार अभियान थालिसकेका छन् । उनले रोल्पाको गंगादेव गाउँपालिका अध्यक्षमा ‘स्वतन्त्र उम्मेदवारी’ घोषणा गरेका हुन् ।

फाइल फोटो

युवा र किसानसँगै टोलटोलमा भेटिने उनी आफूलाई भोट माग्छन् त्यसपछि स्कूल,अस्पताल, खानेपानी, बाटो–घाटो, पुल–पुलेसा, मठ–मन्दिरको चर्चा गर्छन् ।उनी “चुनाव चिन्ह’ बिनै मतदाताको घरदैलोमा पुगेका छन् । चुनाव चिन्ह मनोनयन दर्तापछि मात्रै पाउने छन् । वली गंगादेवका मतदातासँग राय मागिरहेका भेटिन्छन् ।

स्वतन्त्र उम्मेदवार उनी गाउँतिर एक्लै भने छैनन् । नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता–कार्यकर्तासँगै हिँडिरहेका छन् । यत्तिमात्रै होइन चुनावी प्रचारमा माओवादी केन्द्रका कतिपय जिम्मेवार नेता–कार्यकर्ता पनि उनीसँगै देखिएका छन् । तर गाउँतिर प्रचार अभियानमा भेटिन्छन्, ‘एमाले–कांग्रेस’ का कार्यकर्ता ।युध्दताका माओवादी केन्द्रका ती कार्यकर्ता र स्वतन्त्र उम्मेदवार वली सँगसँगै देखिन्थे । तिनै व्यक्तिहरू अहिले फरक कित्तामा उभिएका छन् । तर पनि गंगादेवका उनीहरूले आफ्ना पुराना कमाण्डर अर्थात् कमरेड आदर्शलाई भुलेका छैनन् । यसकारण पनि पार्टी उम्मेदवार छाडेर स्वतन्त्र उम्मेदवारको चुनावी प्रचारमा माओवादी कार्यकर्ता हिँडेका हुन् ।

‘काठमाण्डू गएका नेताहरू गाउँ फर्किदैनन् । उहाँ त फर्किनुभयो नि ! गाउँपालिका अध्यक्ष लड्ने चर्चाले यहाँका जनता उत्साहित छन् । यस्तो बेला पार्टी–साथी भन्ने होइन । राम्रो उम्मेदवारलाई जिताउनुपर्छ । हाम्रो आस्था राख्ने पार्टी माओवादी केन्द्र नै हो । तर आदर्शलाई भोट हाल्छौं,’ माओवादी केन्द्रका एक जना कार्यकर्ताले भने ।

वलीको उम्मेदवारी घोषणासँगै गंगादेवका मतदाता प्रष्ट वक्ता र कामकाजी नेतालाई आउँदो स्थानीय निर्वाचनमा रोज्न पाउने भन्दै खुशी भएका हुन् । उनी प्रायः सबै टोलमा छिरिसकेका छन् । भेटघाटमा आफ्नो विचार राख्छन् । मतदाताको गुनासो पनि सुन्छन् ।

‘अघिल्लो निर्वाचनमा खराब पात्र जिताएर बर्बाद गरियो ! अब त राम्रो व्यक्तिलाई छान्ने हो । भ्रष्ट उम्मेदवारलाई भोट हाल्दा ठूलो दुःख पायौं,’एक युवाले भने ।

गंगादेवबासीलाई आदर्श देखे–भेटेपछि राजनीतिक पार्टीको वास्ता छैन । यहाँ नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकै कमजोर छ । तर स्वतन्त्र उम्मेदवार भने बलिया छन् । सबैले रूचाउँछन् र मान्छन् । वलीको पनि यत्ति अपेक्षा छ– सबै मतदाताले मताधिकार प्रयोग गर्ने क्रममा आफूलाई नै जिताउने छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago