हत्या आरोपमा धामी झाँक्रीसहित ७ जना पक्राउ

महेन्द्रनगर: कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसेपानीकी ४२ वर्षिया रञ्चुला साउँद प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गाउँकै सार्वजनिक बाटो फिलिङ गर्ने काम गर्थिन् । उनी एकल महिला समेत हुन् । दिनहुँ झै गएको चैत २७ गतेपनि उनी विहान खाना खाएर काममा गइन् । साँझ घर फर्किदा उनको पेट दुखेको थियो । पेट दुखेपछि उनी छिमेकी कमला भण्डारी साउँदको घरमा धामीझाक्री आएको थाहा पाएपछि उनी धामीलाई हेराउन भनेर त्यहाँ जान्छिन् । ‘ममीको (आमा) २७ गते कामबाट घर फर्कदा अलि पेट दुखेको थियो ।’ रञ्चुलाकी छोरी सरिता साउँदले भनिन् ‘पेट दुखेपछि मम्मी छिमेकी आन्टी (कमला भण्डारी साउँद) को घरमा धामीझाक्री आएका छन् भन्ने थाहा पाएपछि धामीलाई भेट्न त्यहाँ जानु भयो ।’ उनले अगाडि थपिन् ‘धामीले मलाई तेरो आमालार्ई थारुको भुत लागेको छ । मन्त्र पढ्नु पर्छ भनेर ममीलाई त्यही आन्टीको घरमै राख्यो ।’ उनकाअनुसार ममीलाई भित्र एउटा कोठामा लगेर भुत भगाउने भन्दै आगोमा तताएका फलामका छडले हान्थे ।

‘ममीलाई भुत लागेको भन्दै भुत भगाउन धामीहरु तातो फलामको छडले कुट्थे ।’ उनले भनिन् ‘त्यस (ममीलाई राखेको) कोठामा हामी कसैलाई पनि जान दिदैनन् थिए ।’ कोठामा अरु के के गरिन्थ्यो रञ्चुलाका छोरीहरु र गाउँ कसैलाई केही थाहा थिएन । ‘मैले ममीलाई राखेको कोठामा किन हामीहरुलाई जान नदिएको ? म गाउँका मान्छेलाई भन्छु भनेपछि धामीले काम्दै तेरो आमाले गाउँमा मेरो चुक्ली गरेर यो विराम मैले नै गराएको हुँ अझ तैले पनि कसैलाई मेरा बारेमा चुक्ली गरिस् भने तेरोपनि यहि हालत गर्दिछु भन्यो ।’ सरिताले भनिन् ‘त्यही डरले मैले छिमेीलाई केही भनिन ।’ उनकाअनुसार ममीको २÷३ दिन अगाडीनै मृत्यु भइसकेको रहेछ तर हामीलाई हिजो (बैशाख २ गते) मात्रै थाहा भयो । ‘ममीको मृत्यु भएको हामीलाई हिजो थाहा भयो । ममीको शव हेर्दा शरीर भरी निलडाम,मुखबाट रगत आइरहेको र शव गनाइरहेको थियो ।’ सरिताले भनिन् ‘धामीहरुले मम्मीको शव त्यही कोठामा लुकाएर राखेका रहेछन् ।’ उनकाअनुसार ममीको मृत्यु भइसकेपछि पनि धामीहरु काम्दै तेरो आमा ज्यूदै छ, म मरेको मान्छेलाई पनि ज्यँदो बनाउने धामी हु, तेरा घरको मुल मान्छेलाई बोला भन्यो ।’ उनले भनिन् ‘धामीले त्यसो भनेपछि मैले बैतडीमा बस्ने मेरा अंकल (काका) लाई फोन गरेर बोलाए ।’

त्यस्तो कुरा सुनेपछि सरिताका अंकल पदम साउँदपनि तुरुन्तै बैशाख २ गते बेलुका बैतडीबाट मुसेपानी पुगे । ‘छोरीले फोन गरेपछि म पहाडबाट यहाँ आए ।’ पदमले भने ‘यहाँ धामीहरुले काम्दै मलाई तेरो घरको लागु लागेर तेरा भाउजू विरामी भएका हुन् । म (धामी) मरेका मान्छेलाई ज्यूदै बनाउने धामी हु, चिन्ता नगर भोली (बैशाख ३ गते) विहान ४ बजे सम्म ठिक बनाउछु भन्यो ।’ उनले अगाडी थपे ‘मैलेपनि धामीको विश्वास गरे तर भाउजूको ३ दिन अगाडीनै मृत्यु भइसकेको रहेछ । शव गनाइरहेको थियो र आज (बैशाख ३ गते) विहान हामीले स्थानिय जनप्रतिनिधि,प्रहरीलाई खबर ग¥यौँ ।’ उनकाअनुसार घटना भएको घरमा ५÷६ वटा फलामका छड समेत फेला परेका छन् । उनले भने ‘घटना भएको घरमा आगोमा तताउन राखिएका ५÷६ वटा फलामका छडपनि भेटिएका छन् ।’

घटनाबारे प्रहरीले जानकारी पाएपछि अहिले ७ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक चक्र बहादुर शाहाले बताए ।

पक्राउ पर्नेमा धामीझाक्री भीमदत्त नगरपािलका–१ बाह्कुण्डा बस्ने ७२ वर्षिय नारायणदत्त भट्ट,भीनपा ७ हल्दुखाल बस्ने धर्मानन्द भट्ट,बेदकोट नगरपालिका–६ मुसेपानी बस्ने कमला भण्डारी साउँद(रञ्चुलाको छिमेकी) लगाएत ७ जना रहेका छन् । ‘अहिले धामीहरु र स्थानिय सहित ७ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।’ डिएसपी शाहले भने । उनकाअनुसार शव पुरानो,गनाइरहेको अवस्थामा फेला परेको थियो । ‘शव पुरानो गनाइरहेको अवस्थामा फेला परेको थियो ।’ उनले भने ‘पोष्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप थाहा हुनेछ ।’

हाल शव पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनाको सत्यतथ्य छानविन गरि दोषीलाई कानुन बमोजिम कारर्वाही र पिडितलाई न्याय दिनुपर्ने स्थानिय तथा महिला अधिकारकर्मीहरुले माग गरेका छन् ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago