अन्तरजातीय विवाह गर्ने जोडीलाई सँगै बस्ने व्यवस्था मिलाउन आदेश

नेपालगन्ज: बाँकेस्थित अन्तरजातीय प्रेम विवाहको घटनालाई लिएर छोरी बेपत्ता बनाएको भन्दै एक महिलाले दिएको उजुरीमा जिल्ला अदालत बाँकेले अन्तरजातीय विवाह गर्ने जोडीलाई सँगै बस्ने व्यवस्था मिलाउन आदेश दिएको छ ।
बाँके जिल्ला अदालतका न्यायाधीश धनिश्वर पौडेलले अन्तरजातीय विवाह गर्ने जोडीलाई शुक्रबार सँगै बस्ने व्यवस्था मिलाउनसमेत जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएको हो ।

बाँकेमा चैत १३ गते छोरी बेपत्ता भइन् भन्दै केटीकी आमाले चैत २३ गते प्रहरीमा मुद्दा दर्ता गराएपछि केटा र केटी त्यसको पाँच दिनपछि प्रहरी समक्ष आफैं पुगेका थिए। त्यसपछि केटीलाई संस्थामा राखेर केटालाई प्रहरीले हिरासतमा राखेको थियो । तर केटालाई तीन दिनपछि प्रहरीले हिरासत मुक्त गरिसकेको थियो ।

‘व्यक्ति वेपत्ताको मुद्दा भएकाले पक्राउ आदेश थियो,’ जिल्ला प्रहरी कार्यालय बँकेका सूचना अधिकारी डीएसपी मधुसुदन न्यौपानेले भने, ‘तर जिल्ला अदालतको आदेश तुरुन्त कार्यान्वयन गरिसकेका छौं। शुक्रबार नै छाडिएको छ । सम्मानित अदालतको आदेश अनुसार भइसकेको छ ।’
बाँकेको जयसपुर घर भएकी अंजली शर्माले अमन सिंह नेपालीसँग भागी विवाह गरेकी थिइन् । शर्माकी आमा विद्या शर्माले चैत १३ गते आफ्नी छोरी वेपत्ता पारेको भन्दै अमन सिंह विरुद्ध चैत २३ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीको आधारमा प्रहरीले अमन सिंहलाई पक्राउ गरेको थियो । अमनसँगै भागी विवाह गर्ने अंजली शर्मालाई भने सेल्टरमा राखियो ।

पक्राउ परेका अमनलाई व्यक्ति वेपत्ता पारेको कसुरमा म्याद थपका लागि जिल्ला अदालत बाँकेमा पेस गरिएको थियो । सोही मुद्दामा जिल्ला अदालतका न्यायाधीश पौडेलको इजलाशले मुद्दाको अनुसन्धानको नाममा अमन सिंह नेपालीलाई म्याद थप नगर्ने आदेश दिएको हो ।

‘जाहेरवाला विद्या शर्माले मेरो छोरी स्वेता भनिने अञ्जली शर्मालाई अमन सिंह नेपालीले वेपत्ता पारेको भनी जाहेरी दिएकोमा अन्जली शर्मा नेपालीले आफू प्रतिवादी अमन सिंह नेपालीसँग प्रेम विवाह गरी गएको भनी सक्कल जन्मदर्ता सहित निवेदन दिएको र कागजसमेत गरेको पाइन्छ । निजले पेस गरेको जन्मदर्ता प्रमाणपत्रमा निजको जन्ममिति २०५८/०६/३१ देखिइ निज बयस्क देखिएको छ । प्रतिवादीले अनुसन्धानको क्रममा बयान गर्दासमेत आफू र जाहेरवालीकी छोरी प्रेम विवाह गरेको भनी लेखाएको पाइन्छ,’ आदेशमा भनिएको छ, ‘यसरी जाहेरवालीले प्रतिवादीले मेरो छोरीलाई वेपत्ता पारेको भनी जाहेरी दिएकोमा पीडित स्वयं उपस्थित भइ आफूहरु प्रेम विवाह गरी भागेको भनी कागज गरेको र निज उमेर पुगेको देखिएको अवस्थामा प्रतिवादी अमनसिंह नेपालीलाई मुद्दाको अनुसन्धानको निमित्त हिरासतमा राखिरहन पर्ने अवस्था नदेखिँदा पत्र बमोजिम म्याद थप अनुमति दिन मिलेन । तसर्थ प्रतिवादीलाई हाजिर जमानीमा छाडी मुद्दाको थप अनुन्धान गर्नुपर्ने भए गरी कानुनबमोजिम गर्नू ।’

शुक्रबार पौडेलको इजलाशले दिएको आदेशमा अन्तरजातीय प्रेम जोडीलाई सँगै बस्ने व्यवस्था मिलाउनू समेत भनिएको छ । प्रहरी कार्यालय बाँकेको नाममा आदेश गरिदिएको छ, ‘सोको जानकारी जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइदिनू,’ आदेशमा भनिएको छ । यस मुद्दालाई लिएर नेपालगन्ज बार एसोसिएसनका अध्यक्ष विकाश आचार्यसहित केही कानुन व्यवसायीले भने झुटा मुद्दाविरुद्ध फैसला हुनुपर्ने बताएका छन् ।

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago