अन्तरजातीय विवाह गर्ने जोडीलाई सँगै बस्ने व्यवस्था मिलाउन आदेश

नेपालगन्ज: बाँकेस्थित अन्तरजातीय प्रेम विवाहको घटनालाई लिएर छोरी बेपत्ता बनाएको भन्दै एक महिलाले दिएको उजुरीमा जिल्ला अदालत बाँकेले अन्तरजातीय विवाह गर्ने जोडीलाई सँगै बस्ने व्यवस्था मिलाउन आदेश दिएको छ ।
बाँके जिल्ला अदालतका न्यायाधीश धनिश्वर पौडेलले अन्तरजातीय विवाह गर्ने जोडीलाई शुक्रबार सँगै बस्ने व्यवस्था मिलाउनसमेत जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएको हो ।

बाँकेमा चैत १३ गते छोरी बेपत्ता भइन् भन्दै केटीकी आमाले चैत २३ गते प्रहरीमा मुद्दा दर्ता गराएपछि केटा र केटी त्यसको पाँच दिनपछि प्रहरी समक्ष आफैं पुगेका थिए। त्यसपछि केटीलाई संस्थामा राखेर केटालाई प्रहरीले हिरासतमा राखेको थियो । तर केटालाई तीन दिनपछि प्रहरीले हिरासत मुक्त गरिसकेको थियो ।

‘व्यक्ति वेपत्ताको मुद्दा भएकाले पक्राउ आदेश थियो,’ जिल्ला प्रहरी कार्यालय बँकेका सूचना अधिकारी डीएसपी मधुसुदन न्यौपानेले भने, ‘तर जिल्ला अदालतको आदेश तुरुन्त कार्यान्वयन गरिसकेका छौं। शुक्रबार नै छाडिएको छ । सम्मानित अदालतको आदेश अनुसार भइसकेको छ ।’
बाँकेको जयसपुर घर भएकी अंजली शर्माले अमन सिंह नेपालीसँग भागी विवाह गरेकी थिइन् । शर्माकी आमा विद्या शर्माले चैत १३ गते आफ्नी छोरी वेपत्ता पारेको भन्दै अमन सिंह विरुद्ध चैत २३ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीको आधारमा प्रहरीले अमन सिंहलाई पक्राउ गरेको थियो । अमनसँगै भागी विवाह गर्ने अंजली शर्मालाई भने सेल्टरमा राखियो ।

पक्राउ परेका अमनलाई व्यक्ति वेपत्ता पारेको कसुरमा म्याद थपका लागि जिल्ला अदालत बाँकेमा पेस गरिएको थियो । सोही मुद्दामा जिल्ला अदालतका न्यायाधीश पौडेलको इजलाशले मुद्दाको अनुसन्धानको नाममा अमन सिंह नेपालीलाई म्याद थप नगर्ने आदेश दिएको हो ।

‘जाहेरवाला विद्या शर्माले मेरो छोरी स्वेता भनिने अञ्जली शर्मालाई अमन सिंह नेपालीले वेपत्ता पारेको भनी जाहेरी दिएकोमा अन्जली शर्मा नेपालीले आफू प्रतिवादी अमन सिंह नेपालीसँग प्रेम विवाह गरी गएको भनी सक्कल जन्मदर्ता सहित निवेदन दिएको र कागजसमेत गरेको पाइन्छ । निजले पेस गरेको जन्मदर्ता प्रमाणपत्रमा निजको जन्ममिति २०५८/०६/३१ देखिइ निज बयस्क देखिएको छ । प्रतिवादीले अनुसन्धानको क्रममा बयान गर्दासमेत आफू र जाहेरवालीकी छोरी प्रेम विवाह गरेको भनी लेखाएको पाइन्छ,’ आदेशमा भनिएको छ, ‘यसरी जाहेरवालीले प्रतिवादीले मेरो छोरीलाई वेपत्ता पारेको भनी जाहेरी दिएकोमा पीडित स्वयं उपस्थित भइ आफूहरु प्रेम विवाह गरी भागेको भनी कागज गरेको र निज उमेर पुगेको देखिएको अवस्थामा प्रतिवादी अमनसिंह नेपालीलाई मुद्दाको अनुसन्धानको निमित्त हिरासतमा राखिरहन पर्ने अवस्था नदेखिँदा पत्र बमोजिम म्याद थप अनुमति दिन मिलेन । तसर्थ प्रतिवादीलाई हाजिर जमानीमा छाडी मुद्दाको थप अनुन्धान गर्नुपर्ने भए गरी कानुनबमोजिम गर्नू ।’

शुक्रबार पौडेलको इजलाशले दिएको आदेशमा अन्तरजातीय प्रेम जोडीलाई सँगै बस्ने व्यवस्था मिलाउनू समेत भनिएको छ । प्रहरी कार्यालय बाँकेको नाममा आदेश गरिदिएको छ, ‘सोको जानकारी जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइदिनू,’ आदेशमा भनिएको छ । यस मुद्दालाई लिएर नेपालगन्ज बार एसोसिएसनका अध्यक्ष विकाश आचार्यसहित केही कानुन व्यवसायीले भने झुटा मुद्दाविरुद्ध फैसला हुनुपर्ने बताएका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago