सत्तारुढ दलहरु भित्रै पहिरो जान सुरु

काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदिप ज्ञवालीले स्थानीय तहको चुनावी गठबन्धनमा जुटेको सत्तारुढ दलहरु भित्रै पहिरो जान सुरु गरेको दावी गरेका छन् ।

भित्रभित्रै पहिरो जाने अवस्था भएपछि निर्वाचनबाट पराजित हुने डरले सत्तारुढ दलहरु आफैं अत्तालिएको अवस्थामा रहेको उपमहासचिव ज्ञवालीको भनाइ छ । नेकपा (एमाले) चितवन–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरु तलसम्मै एकतावद्ध भएर जाने अवस्था नरहेको बताए ।

गठबन्धनका लागि नेपालगंजमा जसपाले नमानेको, पर्साका काँग्रेसहरु आफै असहमत रहेको, रोल्पामा हुँदैन भनेर वक्तव्य आउनेवाला रहेको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले यस्तो अवस्थामा सत्तारुढ दलहरुलाई बलियो शक्ति मान्ने कुरा भ्रममात्रै हुने बताए । उनले सत्तारुढ दलहरु कमजोर रहेकाले नै अरु दलको सहारा लिन गठबन्धनमा गर्न बाध्य हुनुपरेको तर्क समेत गरे ।

उपमहासचिव ज्ञवालीले सबै तहको निर्वाचनमा आफ्नो पार्टीले राजनीतिक, नैतिक तथा गणितीय रुपमा पनि जित हासिल गर्ने निश्चित भएको भन्दै सोही अनुसारको तयारीमा जुटन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । कार्यक्रममा बोल्दै नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेतले मुलुकको समृद्धिका लागि आगामी निर्वाचनमा आफ्नो पार्टी विजयी हुनुको विकल्प नरहेको बताएका थिए ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago