किन नागढुंगा सुरुङमार्गको निर्माण ठप्प भयो?

काठमाडौं: नागढुंगा सुरुङमार्गको निर्माण ठप्प भएको छ । चन्द्रागिरी नगरपालिका-२का स्थानीय बासिन्दाले विभिन्न माग राख्दै २८ चैतमा जापानिज प्राविधिक बस्ने क्याम्प र कार्यालयमा तोडफोड गरेपछि काम ठप्प भएको हो ।

सडक विभागका महानिर्देशक शिवहरि सापकोटाका अनुसार खानेपानी आयोजनामा थप सहयोग माग राखेका स्थानीयसँग छलफल भएर अघि बढ्न लाग्दा तोडफोड भएपछि निर्माणको काम रोकिएको हो । ‘चार दिनदेखि हाम्रो इन्जिनियरहरु पनि फिल्डमा जानु भएको छैन, जापानी प्राविधिकहरु पनि गएका छैनन्,’ उनी भन्छन् ,’स्थानीयहरुले सहयोग गर्नुभयो भने मात्रै काम सुरु हुन्छ ।’

विदेशी सहयोगको आयोजना भएकाले संवेदनशील भएको सापकोटाले बताए । वडाध्यक्षसहित गएको स्थानीय टोलीले तोडफोड गरेकाले यसमा सकस परेको उनले बताए । सापकोटाका अनुसार स्थानीयको माग सम्बाेधनका लागि पहल भएर समाधानउन्मुख भइसकेको विषयमा विवाद बढ्न पुगेको हो ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago