पर्सा: वीरगञ्ज महानगरपालिकामा ६ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक पक्राउ परेका छन् ।
प्रहरीले बालिका करणी गरेको आरोपमा बारा प्रसौनी गाउँपालिका वडा नं.५का पलट चौधरीलाई पक्राउ गरेको हो । उनीमाथि वालिका खेल्न आएको मौका छोपी आफू बस्ने गरेको घरको कोठाभित्र लगी बालिकालाई जबरजस्ती करणी गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पीडित बालिकाका अभिभावकले किटानी जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् । उनीमाथि जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…