फेरि प्रचण्ड हतोसाइत भएकैहुनत !!

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको भावना विपरित गएर संविधान मास्ने र परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिएका छन् । उनले जनताले सङ्घर्ष गरेर स्थापित गरेका परिवर्तनका मुद्दा कार्यान्वयन हुन नदिने अनेकन खालका षड्यन्त्र विगतमा पनि भएको र अहिले पनि त्यस्ता प्रवृत्ति कायम रहेकाले प्रतिवाद गर्नुपर्ने बताए ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एमाले नुवाकोटका नेता माधव पाण्डेलगायतलाई माओवादी प्रवेश गराउँदै प्रचण्डले यसअघि पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र भएको भन्दै परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध कडा सङ्घर्ष गर्नु आवश्यक रहेको बताए।

देशको समृद्धि र आर्थिक विकासको नेतृत्वकर्ताका रूपमा माओवादी नै जनताको बीचमा स्थापित भएको उनको भनाइ छ । मधेसी, थारु, आदिवासी, जनजातीलगायत सबै समुदायको पहिचान र अधिकार माओवादीकै कारण स्थापित भएको तथ्य पेश गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनमा माओवादीलाई मत दिने आधार समेत जनतामा स्पष्ट रहेको बताए।

यस्तै, माओवादीको पूर्व स्थायी समितिका उपलब्ध सदस्य र प्रदेश इन्चार्जको अनौपचारिक बैठकमा समसामयिक राजनीतिक परिस्थिति र स्थानीय चुनावमा सत्ता गठबन्धनमा भएको तालमेलसम्बन्धी विषयमा छलफल भएको थियो । अध्यक्ष प्रचण्डले पछिल्ला राजनीतिक विषयमा बैठकलाई जानकारी गराउनुभएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago