काठमाडौँ: ५–११ वर्ष उमेर समूहका बालबालिकाले अझै कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन् । सरकारले मार्च महिनाभित्रै खोप लगाइसक्ने घोषणा गरे पनि अझैसम्म कहिलेबाट अभियान सुरु हुन्छ निश्चित भएको छैन ।

सरकारले बालबालिकाका लागि आउने भनिएको फाइजर कम्पनीको खोप ५–११ वर्ष उमेर समूहलाई लगाउने निर्णय गरेको थियो । स्थानीय निर्वाचनअघि नै खोप भित्र्याएर लगाइसक्ने सरकारको तयारी रहे पनि विश्वभर अत्यधिक माग रहेकाले फाइजर कम्पनीबाट खोप प्राप्त हुने समय अझै यकिन भइनसकेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । ‘स्वास्थ्य मन्त्रालयले खोप सल्लाहकार समितिको सिफारिसअनुसार ५–११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्घको खोप लगाउने निर्णय गरिसकेको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘जसअनुसार मन्त्रालय फाइजर खोप ल्याउन सक्रिय भएर लागेको छ ।’

मुलुकभर ५–११ वर्ष उमेर समूहका करिब ३५ लाख बालबालिका छन् । उक्त जनसंख्यालाई खोपको प्राथमिक मात्रा (२ मात्रा) र खेर जान सक्नेसमेत आकलन गर्दा ८४ लाख मात्रा खोप आवश्यक रहेको स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । अभियानका लागि अन्य सबै तयारी भने भइसकेको शाखाले जनाएको छ । ‘बालबालिकालाई खोप लगाउन हामी तयार छौं,’ शाखा प्रमुख सागर दाहालले भने, ‘फाइजर खोप लगाउने प्रक्रियाबारे देशभर स्वास्थ्यकर्मीलाई तालिम दिइसकिएको छ ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले भने असारसम्म खोप लगाएर सक्ने योजनामा सरकार रहेको जनाएको छ । ‘उक्त परिमाणको खोप कम्तीमा साताको फरकमा ४ पटक गरी मुलुक भित्र्याउने प्रारम्भिक योजना छ,’ स्रोतले भन्यो ।
खोप भित्रिएको एकदेखि डेढ साताभित्रै लगाइसक्ने व्यवस्था गर्न सकिने प्रमुख दाहाल दाबी गर्छन् । तर, नेपालमा हाल अति न्यून तापक्रममा १५ लाख मात्रा खोप मात्रै भण्डारण गर्न सकिने क्षमता छ । खोप उत्पादन मितिदेखि ६ महिनासम्म माइनस ९०–६० डिग्री सेल्सियससम्म भण्डारण गर्नुपर्छ । २–८ डिग्री सेल्सियस तापक्रममा ‘अन–डाइल्युटेड’ अर्थात् उपयोग गर्न पातलो नबनाइएको अवस्थामा १० सातासम्म राख्न सकिन्छ । उपयोग गर्ने हकमा भने २५ डिग्री सेल्सियसमा करिब १२ घण्टासम्म राख्न सकिन्छ । क्लिनिकल ट्रायलअनुसार यो खोप ५–११ वर्षसम्मका बालबालिकामा दोस्रो मात्रा लिएको एक सातापछि ९०.७ प्रतिशत प्रभावकारी देखिएको कम्पनीको दाबी छ ।

हाल नेपालमा १२ वर्ष वा सोभन्दा माथिको जनसंख्याका लागि मात्र कोरोनाविरुद्धको खोप उपलब्ध छ । हालसम्म १२–१७ वर्षसम्मका बालबालिकाका हकमा ९२ प्रतिशत अर्थात् ३१ लाख ४५ हजार ४ सय ५१ जनालाई पहिलो मात्रा र ७५ प्रतिशत अर्थात् २५ लाख ८४ हजार ३ सय २६ जनालाई पूर्ण मात्रा खोप लगाइएको छ ।

शुक्रबारसम्म मुलुकभर खोप लगाउन योग्य संख्याको ६६.३ प्रतिशत अर्थात् १ करोड ९३ लाख ६२ हजार ३ सय ६१ जनाले पूर्ण खोप पाइसकेका छन् । २ करोड २१ लाख ४६ हजार ४ सय ८६ जनाले कम्तीमा एक मात्रा खोप लगाइसकेका छन् । यो संख्या कुल जनसंख्याको ७५.९ प्रतिशत हो । हालसम्म ४ करोड ५ लाख ८५ हजार ५ सय ५७ मात्रा खोप खपत भइसकेको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago