नयाँदिल्ली: कोरोनाको तेस्रो लहर सकिएको केही महिनामै भारतको राजधानी नयाँदिल्लीसहित केही सहरलाई चौथो लहरले तर्साउन थालेको छ । दिल्ली, महाराष्ट्र, हरियाणा, केरल, मिजोरम र अरुणाचल प्रदेशमा कोरोनाका नयाँ भेरियन्टबाट संक्रमितहरू देखिन थालेपछि चौथो लहरको आशंका गर्न थालिएको हो ।
दिल्लीमा कोरानाका लागि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाइएको एक महिना पनि नबित्दै नयाँ संक्रमितहरू भेटिएका छन् । राजधानी दिल्लीमा कोरोना संक्रमणको स्थिति दुई महिनापूर्वको अवस्थामा फर्केको छ । लगातार दुई दिनयता संक्रमण दर दुई प्रतिशतमाथि छ । एक सातायात क्रमशः होम आइसोलेनमा बस्नेहरुको संख्यामा ४८ प्रतिशतले वृद्धि भएको छ । संक्रमणदरमा दैनिक रूपमै बढोत्तरी देखिनु चिन्ताको विषय मानिएको छ । यसअघि गत पुसमा २ प्रतिशतभन्दा माथि संक्रमणदर पुगेपछि दिल्ली सरकारले विभिन्न सतर्कताहरु अपनाउन थालेको थियो ।
यतिबेला दिल्लीमा मास्क लगाउन आग्रह गरिए पनि त्यसलाई अनिवार्य नियममा राखिएको छैन । मेट्रो, बस र बजार सबैलाई पूर्ण रुपमा खुलाइएको छ । अनलाइन कक्षा पूर्ण रूपले हटाएर विद्यालय र कलेज खोलिसकिएको छ । अन्तर्राष्ट्रिय उडानहरु खुलाइसकिएको छ । तेस्रो लहरको मारबाट तंग्रिन खोजेका बेला चौथो लहरको खतरा बढेर गएको छ । विद्यालायमा विद्यार्थी र शिक्षकलाई समेत संक्रमण देखिन थालेको छ । संक्रमण देखिएपछि कतिपय विद्यालय अस्थायी रूपमा बन्दसमेत गराइएको छ ।

केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मंडावियाले कोरोनालाई लिएर लापर्बाही नगर्न सर्वसाधारणलाई आह्वान गरेका छन् । उनले विशेषज्ञहरूसँगको बैठकपछि सबै राज्य सरकारलाई उच्च सतर्ककता अपनाउन भनेका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिल्ली, हरियाणा, केरल, महाराष्ट्र र मिजोरम सरकारलाई चिठी लेखेर कोरोनालाई लिएर विशेष तयारी र सतर्कता अपनाउन भनेको छ ।

आवश्यकताअनुसार कोरोनाका लागि नयाँ गाइडलाइन जारी गर्न पनि केन्द्रले राज्य सरकारहरूलाई भनेको छ । भारतमा अहिलेसम्म कोरोनाको विभिन्न लहरबाट ४ करोड ३० लाखभन्दा बढी व्यक्तिहरू संक्रमित भइसकेका छन् । ५ लाख २१ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

कोरोनाको नयाँ संक्रमणलाई ‘स्टेल्थ ओमिक्रोन’ भनिएको छ । यसका लागि ओमिक्रोनको सब भेरियन्ट बीए.२ र एक्स ई भेरिएन्टलाई जिम्मेवार मानिएको छ । साउथ कोरिया, जर्मनी, चीनमा यो भेरियन्टले धेरैलाई संक्रमित बनाएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago