युक्रेनको राजधानीमा रहेको हतियार कारखानामा रुसले गर्‍यो आक्रमण

काठमाडौँ: रुसले युक्रेनको राजधानी किभमा पुन: आक्रमण तीव्र बनाएको छ । फेब्रुअरी २४ देखि सुरु भएको रुस-युक्रेन द्वन्द्व केही दिन मत्थर भएजस्तो देखिए पनि बिहीबारदेखि भने पुन: बढेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनलगायतका विश्वका नेताले रुसी सेनाले युक्रेनमा नरस‌ंहार मच्चाएको अभिव्यक्ति दिइरहेका बेला रुसले भने आक्रमण बढाएको छ ।
शुक्रबार रुसले किभमा मिसाइललगायतका हतियार उत्पादन गर्ने कारखानामा आक्रमण गरेको छ । रुसी रक्षा मन्त्रालयले राजधानी किभमा मिसाइल आक्रमण गरेको जनाएको छ । रुसले आक्रमण अझै बढ्न सक्ने चेतावनीसमेत दिएको छ । एक दिन पहिले युक्रेनले रुसको मोस्कवा युद्धपोतमा आक्रमण गरेको जनाएको थियो ।

रुसले भने युक्रेनी आक्रमणबाट नभई आगलागीपछि युद्धपोतमा विस्फोट भएको थियो । युक्रेनले उक्त युद्धपोत डुब्दैछ समेत भनेको थियो । पछि उक्त युद्धपोत समुद्रमा डुबेको समेत थियो । रुसी इतिहास र दोस्रो विश्व युद्धका जानकारसमेत रहेका प्राध्यापक इभान माड्स्लेका अनुसार दोस्रो विश्व युद्धपछि पहिलो पटक रुसी युद्धपोत डुबेको हो । यसअघि करिब ८१ वर्ष पहिले क्रिमियाको तटीय क्षेत्रमा जर्मनीले रुसी युद्धपोत ध्वस्त बनाएको थियो । प्राध्यापक इभानका अनुसार मोस्कवा युद्धपोत ४० वर्ष पुरानो हो । रुसी जलसेनासँग भएको युद्धपोतमध्ये उक्त युद्धपोत ठूलो मानिन्छ ।

युक्रेनी सञ्चारमाध्यम द किभ इन्डिपेन्डेन्टका अनुसार उद्धार गरिरहेको बसमा रुसी आक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

शुक्रबार रुसी आक्रमणको ५०औं दिन पुगेको छ । संयुक्त राष्ट्र स‌ंघका अनुसार अहिलेसम्म १ करोडले युक्रेन छाडिसकेका छन् । पोल्यान्डमा मात्रै २७ लाखले युक्रेनी नागरिक पोल्यान्ड पुगेका छन् ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago