युक्रेनको राजधानीमा रहेको हतियार कारखानामा रुसले गर्‍यो आक्रमण

काठमाडौँ: रुसले युक्रेनको राजधानी किभमा पुन: आक्रमण तीव्र बनाएको छ । फेब्रुअरी २४ देखि सुरु भएको रुस-युक्रेन द्वन्द्व केही दिन मत्थर भएजस्तो देखिए पनि बिहीबारदेखि भने पुन: बढेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनलगायतका विश्वका नेताले रुसी सेनाले युक्रेनमा नरस‌ंहार मच्चाएको अभिव्यक्ति दिइरहेका बेला रुसले भने आक्रमण बढाएको छ ।
शुक्रबार रुसले किभमा मिसाइललगायतका हतियार उत्पादन गर्ने कारखानामा आक्रमण गरेको छ । रुसी रक्षा मन्त्रालयले राजधानी किभमा मिसाइल आक्रमण गरेको जनाएको छ । रुसले आक्रमण अझै बढ्न सक्ने चेतावनीसमेत दिएको छ । एक दिन पहिले युक्रेनले रुसको मोस्कवा युद्धपोतमा आक्रमण गरेको जनाएको थियो ।

रुसले भने युक्रेनी आक्रमणबाट नभई आगलागीपछि युद्धपोतमा विस्फोट भएको थियो । युक्रेनले उक्त युद्धपोत डुब्दैछ समेत भनेको थियो । पछि उक्त युद्धपोत समुद्रमा डुबेको समेत थियो । रुसी इतिहास र दोस्रो विश्व युद्धका जानकारसमेत रहेका प्राध्यापक इभान माड्स्लेका अनुसार दोस्रो विश्व युद्धपछि पहिलो पटक रुसी युद्धपोत डुबेको हो । यसअघि करिब ८१ वर्ष पहिले क्रिमियाको तटीय क्षेत्रमा जर्मनीले रुसी युद्धपोत ध्वस्त बनाएको थियो । प्राध्यापक इभानका अनुसार मोस्कवा युद्धपोत ४० वर्ष पुरानो हो । रुसी जलसेनासँग भएको युद्धपोतमध्ये उक्त युद्धपोत ठूलो मानिन्छ ।

युक्रेनी सञ्चारमाध्यम द किभ इन्डिपेन्डेन्टका अनुसार उद्धार गरिरहेको बसमा रुसी आक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

शुक्रबार रुसी आक्रमणको ५०औं दिन पुगेको छ । संयुक्त राष्ट्र स‌ंघका अनुसार अहिलेसम्म १ करोडले युक्रेन छाडिसकेका छन् । पोल्यान्डमा मात्रै २७ लाखले युक्रेनी नागरिक पोल्यान्ड पुगेका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago