काठमाडौं : मुलुकको राजनीति तरल भन्दा त्यसको असर सेयर बजारमा पनि देखिएको छ । हिजो बढेको शेयर बजार आज १९ दशमलव ८४ अंकले घटेर २,७३४ दशमलव ४४ को विन्दुमा कायम भएको छ । आज ३२ वटा कम्पनीको शेयर मुल्य घढेको छ भने १५४ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज जीवन बीमा तथा अन्य उपसूचक बढेका छन् भने सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २३१ वटा कम्पनीको ५६ करोड ५२ लाख १८२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २ करोड ६३ लाख ३० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको २१ १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको ५२३ रुपैयाँ शेयर मुल्य कायम भएको छ ।

त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको १७ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४२७ रुपैयाँ कायम भएको छ । अरुण कावेली पावर कम्पनीको १६ करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको १४ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय सस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ दशमलव ४४ प्रतिशतका दरले कमाएका हुन् । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ३ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया

ब्यालेन्स फण्डका इकाईधनीले २ दशमलव ८७ प्रतिशतका दरले कमाएका हुन् ।
त्यसैगरी आज सबैभन्दा धेरै बुद्धभुमी हाइड्रोपावर नेपालका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ६९ प्रतिशतका दरले गुमाएका छन् ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago