बैंकले एक सूचना जारी गरेर फागुन ४ गतेदेखि लागु हुने गरी शेयर निष्काशनको लागि बैंकमार्फत आवेदन दिँदा प्रति आवेदन १५ रुपैयाँ शुल्क निर्धारण गरेको छ । बैंकले आजबाट जारी भएको प्राथमिक शेयर निष्काशनलाई मध्यनजर गरेर शुल्कको शुरुवात गरेको हो । आजबाट राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको करिब ८ लाख कित्ता शेयर निष्काशन हुँदैछ ।
पछिल्लो समय बैंकको खुद व्याज आम्दानीमा गिरावट आउन थालेपछि बैंकले विभिन्न शुल्कमा आधारित आम्दानी बढाउन थालेका छन् । कुनै बैंकले एटीएम शुल्क महंगो गर्ने र कुनैले इन्टरनेट र मोबाइल बैकिङको शुल्क महंगो बनाउने गरिरहेका छन् । बैंकहरुले १० रुपैयाँदेखि १ सय रुपैयाँसम्म आस्वा शुल्क लिने गरेका छन् । अब निःशुल्क आस्वा सुविधा दिने बैंकमा मेगा बैंक, नबिल बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक, एनआईसी एसिया बैंक मात्रै रहेका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…