नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप,अश्रुग्यास प्रहार

काठमाडौँ– नयाँ बानेश्वर क्षेत्र फेरि तनावग्रस्त बनेको छ।  प्रहरी र प्रदर्शनकारीबीच झडपको स्थिति बनेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ।

आज बिहानैदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको हो। प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेर भीड तितरवितर पारे पनि फेरि प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीहरुले एमसीसी राष्ट्रिय हितमा नरहेको भन्दै खारेज गर्नुपर्ने माग गरिरहेका छन्।

सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश गर्ने तयारी गरेपछि विभिन्न राजनीतिक दलले प्रदर्शन गरेका हुन्। यद्यपि सत्ता गठबन्धनभित्रै चरम असन्तुष्टि देखिएपछि सरकार आजै संसदमा एमसीसी टेबल गर्ने निर्णयबाट पछि हटेको थियो।

यस्तै विप्लव नेतृत्वको नेकपा, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त गणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्र समाजवादीले एमसीसीको विरोधमा बुधबार नेपाल बन्दको घोषणा गर्नुका साथै प्रदर्शनसमेत गरेका छन्।

आज सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी निकट युवाहरु पनि एमसीसीविरुद्ध प्रदर्शनमा उत्रिएका हुन्।

 

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago