कामचलाउ सरकारले अध्यादेश ल्याउन मिल्दैन, तत्काल फिर्ता लिनुपर्छः डा. भीम रावल

काठमाडौँ – नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलले सरकारले राष्ट्रपतिसमक्ष पठाएको अध्यादेश देशको अहितमा रहेको भन्दै तत्काल फिर्ता लिन आग्रह गरेका छन्।

उनले वर्तमान सरकार कामचलाउ र प्रधानमन्त्री शेरबहादुर देउवा संक्रमणकालीन प्रधानमन्त्री भएकोले यस्तो बेलामा देशको अहित हुने गरी अध्यादेश ल्याउनु गैरसंवैधानिक कदम भएको भन्दै अविलम्ब अध्यादेश फिर्ताको माग गरेका हुन्।

नेता रावलले भने,‘प्रधानमन्त्री शेरबहादुर देउवा त कामचलाउ प्रधानमन्त्री हो । दीर्घकालीन असर पर्ने काम गर्नुहुन्छ? राजनीतिक नैतिकता भएको व्यक्तिले यो काम गर्न सक्छ?’

उनले अहिले आएको अध्यादेश निहित स्वार्थ बोकेर आएको गम्भीर आरोप लगाए। उनले भने, ‘यो गैरजिम्मेवार र अनैतिक काम पनि हो। अध्यादेश जारी गर्ने कुरा, यो कामचलाउ सरकार र संक्रमणकालीन अवस्थामा रहेका प्रधानमन्त्रीले गर्न मिल्दैन।’

मुलुकी फौजदारी कार्यविधि संहिता धेरै लामो समय लगाएर, कानूनविदहरुको बीचमा छलफल भएर जारी गरेको कानून भएको उल्लेख गर्दै उनले नयाँ संसद् आउन लागेको अवस्थामा यसरी अध्यादेश ल्याउनु गम्भीर गलत भएको टिप्पणी गरे।

सरकारले रेशम चौधरीलाई रिहा गर्नका लागि अध्यादेश ल्याएपछि चौतर्फी विरोध भइरहेको छ। सरकारले भने विरोधका बीच अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाएको छ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago