मंसिर १ गते रातिदेखि झापाका सबै सीमा नाका बन्द रहने

२०७९, २९ कार्तिक मंगलवार २०:५३

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले मंसिर १ गते राति १२ बजेबाट भारतसँग सीमा जोडिएका झापा जिल्लाका सबै सीमा नाकाहरू बन्द हुने जनाएको छ ।

मंसिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्मलाई सम्पूर्ण नाकाहरू बन्द हुने जिल्ला प्रशासन कार्यालयले एक सूचनामार्फत सबैमा जानकारी गराएको हो । काँकडभिट्टा, भद्रपुर, केचना, झापा, गौरीगञ्जलगायतका नाका बन्द हुनेछ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, एवम् भयरहित वातावरणमा सम्पन्न गराउनका लागि सीमा नाका बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु