काठमाडौं: सफल मर्जर सँगै एकिकृत कारोबारको घोषणा गरेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आधिकारिक लोगो सार्वजनिक गरेको छ । मर्जर पछि बनेको कम्पनीको लोगो पनि साविका बीमा कम्पनी हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीको लोगोलाई मिलाएर बनाइएको छ । लोगोले हिमाल अझ सगरमाथालाई देखाइएको छ । हिमालयन भन्दा माथि दुई वटा लाइनका छुट्टा छुट्टै रङ्गका इन्द्रेणी जस्तो संकेत राखिएको छ ।
यो बीमा क्षेत्रकै पहिलो सफल मर्जर हो । बीमा समितिले लिएको मर्जरको नीतिलाई पहिलो कार्यान्वयन कर्ताको रुपमा हिमालयन र एभरेष्ट भएका छन् । यस मर्जरमा एभरेष्टको शेयर हिस्सा १५ प्रतिशतले खुम्चिनेछ । मर्जर पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १७ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले बोनस शेयर दिए पनि बीमा समितिको तोकेको साढे दुई अर्ब रुपैयाँ पूँजी जुटाउन सक्ने छन् । हिमालयन र एभरेष्टको मर्जर सफल भए सँगै पछिल्लो समय निर्जीवन बीमा कम्पनीहरु विचमा मर्जरको लहर चलेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…