आर्थिक वर्षको पुर्वार्ध जति सुखद रुपमा वित्यो उत्तरार्ध त्यो भन्दा धेरै गुणा दर्दनाक बन्यो

काठमाडौं: आर्थिक वर्ष २०७८/७९ शेयर बजारका लागि सर्वाधिक सुखद र सर्वाधिक दुखद दुबै अवस्थामा वितेको छ । यस आर्थिक वर्षमा शेयर बजारले सर्वाधिक उचाइ चुम्न सफल भयो । गत भदौ २ गते नेप्से सूचक इतिहासकै सर्वाधिक धेरै ३१९९ अंकसम्म पुग्यो । जतिवेला शेयर बजारका लागि सबैभन्दा धेरै सुखद अवस्था थियो ।

यस आर्थिक वर्षको पुर्वार्ध जति सुखद रुपमा वित्यो उत्तरार्ध त्यो भन्दा धेरै गुणा दर्दनाक बन्यो । १० महिनाको अवधिमा लगानीकर्ताले १३५१ अंकले गुमाउनु पर्यो । बजार पूँजीकरणका आधारमा यसै आर्थिक वर्षमा लगानीकर्ताले १७ खर्ब भन्दा माथिको सम्पत्ती गुमाउनु पर्यो । रकमका हिसावले नेप्सेको इतिहासमा यतिधेरै गुमाएको रेकर्ड छैन । नेप्से सूचक सर्वाधिक उचाइको दिन बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब रुपैयाँ थियो । लगानीकर्ताको यस्तो सम्पत्ती ४४ खर्बबाट २७ खर्बमा झर्यो ।

छोटो अवधिमा लगानीकर्ताले यति धेरै गुमाउदा लगानीकर्ताहरु आमरण अनसनसम्म बस्नु पर्यो । लगानीकर्ता तिलक कोइराला यस वर्ष पूँजी बजारको सुधारको माग राख्दै १० दिन आमरण अनसन बसे । नेपाल धितोपत्र बोर्डले उनको माग पुरा गर्ने प्रतिवद्धता दिए सँगै उनले आमरण अनसन तोडेका थिए ।

शेयर बजार यति धेरै बढ्नुको पछाडी कोभिड १९ थियो । सरकारले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गर्दा आयात लगभग ठप्प भयो । पर्यटन होटलदेखि लिएर सम्पुर्ण व्यापार व्यवसाय ठप्प जस्तै भयो । लगानीकर्ताले उक्त समयलाई सदुपयोग गर्दै आफ्नो सम्पुर्ण स्रोत साधन शेयर बजारमा प्रयोग गरे । परिणाम शेयर बजारले सर्वाधिक माथिल्लो विन्दुको रेकर्ड बनायो ।

जव कोभिड १९ को प्रभाव विस्तारै कम हुँदै गयो यस अगाडी बजार छिरेका लगानीकर्ताहरुले शेयर बिक्री गरेर बाहिरिन थाले । उनिहरु शेयर बजारबाट बाहिरिने क्रम सँगै नेप्से सूचक पनि लगातार ओरालो झर्यो । यसलाई नेपाल राष्ट्र बैंकले सबैभन्दा धेरै साथ दियो । लगानीकर्ताले लिदै आएको शेयरधितो कर्जालाई ४/१२ करोडको सिमामा झार्नेदेखि लिएर सरकारलाई असफल बनाउन गभर्नर महाप्रसाद अधिकारीले ल्याएका कतिपय पूर्वाग्रही नीतिले शेयर बजार लगातार ओरालो झार्न सबैभन्दा धेरै मद्दत पुर्यायो ।

अहिलेको अवस्थामा लगानीकर्ताहरु सबैभन्दा धेरै पिडामा छन् । अर्को तर्फ संस्थागत लगानीकर्ताहरुले करोडौ रुपैयाँको प्रभिजनिङ गर्नु परेको छ । नेप्से सूचक सर्वाधिक विन्दुमा हुँदा शेयर खरिद गर्ने संस्थागत लगानीकर्ताहरु अहिले करोडौ रुपैयाँको प्रोभिजनिङ गर्नु परिरहेको छ ।

संस्थागत तथा सर्वसाधारण लगानीकर्ताले यस साता शेयर बजारमा राम्रो सुधार हुने अपेक्षा गरेका थिए । तर लगानीकर्ताले अपेक्षा गरेअनुसार शेयर बजार सुधार हुन सकेन । यस अवधिमा बैंकिङ तरलता अभाव पनि बजार घट्नुको प्रमुख कारण बन्यो ।

विगत तीन महिनादेखि बैंकहरुले नयाँ कर्जा प्रवाह गर्न सकिरहेका छैनन् । सिडी रेसियो ९० प्रतिशतमा झार्न बैंकहरुले नयाँ कर्जा प्रवाह गर्न नसकेका हुन् । यदि नेपाल राष्ट्र बैंक सिडी रेसियो लगायतका केहि सूचकमा चलिलो बन्यो भने बैंकहरुले सजिलै कर्जा प्रवाह गर्न सक्नेछन् । त्यसैले अवको साउन महिनामा शेयर बजारमा केहि सामान्य सुधार देखिने अपेक्षा गरिएको छ ।

असार अन्तिम सातामा शेयर बजार धेरै नै सुधार हुने अपेक्षा गरिएको थियो । तर नेपाल धितोपत्र बोर्डले ब्रोकरको लाइसेन्स सम्बन्धित नयाँ व्यवस्थाको लागि सरकार समक्ष धितोपत्र दलाल, धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ संशोधन प्रस्ताव पेश गरेको छ । यहि प्रस्ताव अगाडी बढे सँगै ब्रोकरहरुले बजारमा पेनिक अवस्था सिर्जना गर्दा बजार बढ्नुको सट्टा घट्यो ।

यस आर्थिक वर्षको अन्तिम दिन नेप्से सूचक ७.९३ अंकले बढेर बन्द भएको थियो । यस वर्षको अन्तिम विन्दु २००९.२६ अंक कायम भएको छ । कारोबार सुरु भएदेखि ने तिव्र उतारचढावका विचमा शेयर बजार हरियो भएर बन्द भएको छ । ब्रोकरको समुह घटाउन खोज्ने र अन्य संस्थागत लगानीकर्ता बढाउन खोज्ने अवस्था रह्यो ।

यस अवधिमा एक अर्ब ४५ करोड रुपैयाँको कारोबार भयो । आज सबैभन्दा धेरै ऋणपत्र तथा म्युचुअल फण्डमा सुधार देखियो । कम्पनी तर्फ भने सामुदायिक लघुवित्तको शेयर ८.७१ प्रतिशलते बढ्यो । सत प्रतिशत हकप्रद शेयर घोषणा गरेको अपर तामाकोशीको सबैभन्दा धेरै १९ करोड रुपैयाँको कारोबार भयो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago