काठमाडौँ: अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रथम श्रीमती इभाना ट्रम्पको निधन भएको छ । इभानाको ७३ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ ।
डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा इभाना एक अद्भुत र सुन्दर महिला भएको तथा उनले महान र प्रेरणादायी जीवन बिताएको बताए ।
चेक रिपब्लिकमा जन्मिएकी इभानाले सन् १९७७ मा डोनाल्डसँग विवाह गरेकी थिइन् भने सन् १९९२ मा १५ वर्षपछि उनीहरु छुटिएका थिए । उनीहरुका तीन सन्तान थिए ।
डोनाल्ड इभानाकी दोस्रो श्रीमान् थिए । स्की खेलाडी इभानाकी पहिलो श्रीमान अल्फ्रेड विङकीमार थिए । उनी पनि स्की खेलाडी तथा प्रशिक्षक थिए । इभानाले पछि थप दुई विवाह गरेकी थिइन् ।
यता डोनाल्डले भने सन् १९९३ मा मार्ला मापल्ससँग विवाह गरेपछि सन् १९९९ मा छुट्टिएका थिए । डोनाल्डले सन् २००५ मा मेलानिया ट्रम्पसँग विवाह गरे ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…