पत्रकारलाई निषेध गर्दै , संसद बैठकमा उपसभामुख चयन

काठमाडौँ – उपसभामुख चयन गर्ने संसद बैठकमा पत्रकारलाई निषेध गरिएको छ।

नियमित रिपोटिङका लागि संसद भवन नयाँ बानेश्वर पुगेका पत्रकारहरुलाई माथिको आदेश भन्दै सुरक्षाकर्मीले ग्यालरीमा जान रोक लगाएका हुन्।

संसदका अरु नियमित बैठकमा सहज पहुँच दिए पनि विशेष कार्य सूची रहेको दिन गर्दै आएको अवरोधलाई शुक्रबार पनि निरन्तरता दिएको गोरखापत्रका पत्रकार नारायण काफ्लेले जानकारी दिए।

संसद भवनकै पत्रकार रहने मिडिया सेन्टरमा सुरक्षाकर्मी भरिभराउ छन्। त्यहाँ बस्ने ठाउँ नभएपछि ग्यालरीमा जान लागेका पत्रकारलाई सभामुख अग्नि सापकोटाको निर्देशनमा रोकिएको हो। ग्यालरीमा जान नपापछि पत्रकारहरु संसद भवन परिसरमै अलपत्र परेका छन्।

कान्तिपुर दैनिकका मकर श्रेष्ठले पत्रकारलाई निषेधको व्यवाहार शुक्रबार पनि दोहोरिएको भन्दै आपत्ति जनाए।

उनले भने, ‘विशेष दिनमा हामीलाई समाचार संकलन गर्न अवरोध गदिँदै आएको छ। आज पनि माथिको आदेश भन्दै रोकियो। संसद जस्तो पारदर्शी ठाउँमा पटक पटक पत्रकारलाई रोकिनुले संसद सचिवालय र सभामुखको नियतमाथि प्रश्न उठेको छ।’

Sanjay poudyal

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago