पत्रकारलाई निषेध गर्दै , संसद बैठकमा उपसभामुख चयन

काठमाडौँ – उपसभामुख चयन गर्ने संसद बैठकमा पत्रकारलाई निषेध गरिएको छ।

नियमित रिपोटिङका लागि संसद भवन नयाँ बानेश्वर पुगेका पत्रकारहरुलाई माथिको आदेश भन्दै सुरक्षाकर्मीले ग्यालरीमा जान रोक लगाएका हुन्।

संसदका अरु नियमित बैठकमा सहज पहुँच दिए पनि विशेष कार्य सूची रहेको दिन गर्दै आएको अवरोधलाई शुक्रबार पनि निरन्तरता दिएको गोरखापत्रका पत्रकार नारायण काफ्लेले जानकारी दिए।

संसद भवनकै पत्रकार रहने मिडिया सेन्टरमा सुरक्षाकर्मी भरिभराउ छन्। त्यहाँ बस्ने ठाउँ नभएपछि ग्यालरीमा जान लागेका पत्रकारलाई सभामुख अग्नि सापकोटाको निर्देशनमा रोकिएको हो। ग्यालरीमा जान नपापछि पत्रकारहरु संसद भवन परिसरमै अलपत्र परेका छन्।

कान्तिपुर दैनिकका मकर श्रेष्ठले पत्रकारलाई निषेधको व्यवाहार शुक्रबार पनि दोहोरिएको भन्दै आपत्ति जनाए।

उनले भने, ‘विशेष दिनमा हामीलाई समाचार संकलन गर्न अवरोध गदिँदै आएको छ। आज पनि माथिको आदेश भन्दै रोकियो। संसद जस्तो पारदर्शी ठाउँमा पटक पटक पत्रकारलाई रोकिनुले संसद सचिवालय र सभामुखको नियतमाथि प्रश्न उठेको छ।’

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago