टोकियो, जापान । नेपालीहरुको बढ्दो जनघनत्वसँगै टोकियो क्षेत्रमा व्यापारको दायरा पनि फराकिलो बन्दै गएको छ । मुख्यत सयौं नेपाली रेष्टुरेण्टहरुको भिड रहेको टोकियोको मध्य भाग ओकुबो, शिनओकुबो क्षेत्रमा धेरै रेष्टुरेण्टहरुको फरक फरक विशेषतालाई एकसाथ प्रस्तुत गरेको छ ।
किङ्स लाउन्ज एण्ड बार ले नेपाली मौलिक परिकारका खानाको लागि, लोक दोहोरिका लागि, लाईभ म्यूजिक व्याण्ड प्रस्तुती हेर्नका लागि फरक फरक रेष्टुरेण्टहरु धाइरहनुपर्ने नेपालीहरुको बाध्यतालाई बोध गर्दै युवा नेपाली व्यवसायिहरुले ओकुबो स्टेशन नजिक संचालनमा ल्याएका छन् किङ्स लाउन्ज एण्ड बार । जहाँ नेपाली स्वादिष्ट परिकार सहित लाईभ म्यूजिक ब्यान्डको साथमा दोहोरी गीतको आनन्द लिन सकिने यसका संचालकहरुले बताएका छन् ।
युवा व्यवसायिहरु सचिन श्रेष्ठ, लेलिन भट्टचन, अमृत गुरुङ, कुमार तामाङ् लगायत युवा समुहले २ करोड भन्दा बढि लगानी गरेर रेष्टुरेण्ट संचालनमा ल्याएको बताएका छन् । जुलाई १५ तारिखबाट व्यावसायिक सुरुवात गरिएको रेष्टुरेण्ट टोकियोमा हाल संचालनमा रहेका नेपाली रेष्टुरेण्टहरु भन्दा फरक प्रकृतिको भएको व्यवसायि सचिन श्रेष्ठको भनाई छ ।
नेपाली खानामा नाम चलेको रेष्टुरेण्ट होला, सांगितिक माहौलको लागि कुनै स्थान चर्चित होला तर हामीले सबै खाले सांगितिक माहौल सहित नेपाली मौलिक परिकार समेत एकसाथ समेटेर किङ्स लाउन्ज एण्ड बार संचालन गरेका छौं ।
करिव ७० जनाको सिट क्षमता रहेको रेष्टुरेण्टमा सातैदिन सांगितिक मजा लिन सकिनेछ । जसमा लाईभ म्यूजिक ब्यान्ड सहित साताको २ दिन दोहोरिको मज्जा पनि लिन सकिने । गजल प्रेमीहरुका लागी महिनामा एकदिन गजल साँझ पनि राखिने भएको श्रेष्ठले जानकारी दिनुभयो । ओकुबो स्टेशनको दक्षिण गेट साउथ एक्टिबाट मात्र दुई मिनेटको दुरीमा रहेको रेस्टुरेन्ट शिनओकुबो स्टेशनबाट ५ मिनेटमा पैदल पुग्न सकिन्छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…