युवा नेपाली व्यवसायिहरुले ओकुबो स्टेशन नजिक संचालनमा ल्याएका छन् किङ्स लाउन्ज एण्ड बार ।

टोकियो, जापान । नेपालीहरुको बढ्दो जनघनत्वसँगै टोकियो क्षेत्रमा व्यापारको दायरा पनि फराकिलो बन्दै गएको छ । मुख्यत सयौं नेपाली रेष्टुरेण्टहरुको भिड रहेको टोकियोको मध्य भाग ओकुबो, शिनओकुबो क्षेत्रमा धेरै रेष्टुरेण्टहरुको फरक फरक विशेषतालाई एकसाथ प्रस्तुत गरेको छ ।

किङ्स लाउन्ज एण्ड बार ले नेपाली मौलिक परिकारका खानाको लागि, लोक दोहोरिका लागि, लाईभ म्यूजिक व्याण्ड प्रस्तुती हेर्नका लागि फरक फरक रेष्टुरेण्टहरु धाइरहनुपर्ने नेपालीहरुको बाध्यतालाई बोध गर्दै युवा नेपाली व्यवसायिहरुले ओकुबो स्टेशन नजिक संचालनमा ल्याएका छन् किङ्स लाउन्ज एण्ड बार । जहाँ नेपाली स्वादिष्ट परिकार सहित लाईभ म्यूजिक ब्यान्डको साथमा दोहोरी गीतको आनन्द लिन सकिने यसका संचालकहरुले बताएका छन् ।

 

युवा व्यवसायिहरु सचिन श्रेष्ठ, लेलिन भट्टचन, अमृत गुरुङ, कुमार तामाङ् लगायत युवा समुहले २ करोड भन्दा बढि लगानी गरेर रेष्टुरेण्ट संचालनमा ल्याएको बताएका छन् । जुलाई १५ तारिखबाट व्यावसायिक सुरुवात गरिएको रेष्टुरेण्ट टोकियोमा हाल संचालनमा रहेका नेपाली रेष्टुरेण्टहरु भन्दा फरक प्रकृतिको भएको व्यवसायि सचिन श्रेष्ठको भनाई छ ।

नेपाली खानामा नाम चलेको रेष्टुरेण्ट होला, सांगितिक माहौलको लागि कुनै स्थान चर्चित होला तर हामीले सबै खाले सांगितिक माहौल सहित नेपाली मौलिक परिकार समेत एकसाथ समेटेर किङ्स लाउन्ज एण्ड बार संचालन गरेका छौं ।

करिव ७० जनाको सिट क्षमता रहेको रेष्टुरेण्टमा सातैदिन सांगितिक मजा लिन सकिनेछ । जसमा लाईभ म्यूजिक ब्यान्ड सहित साताको २ दिन दोहोरिको मज्जा पनि लिन सकिने । गजल प्रेमीहरुका लागी महिनामा एकदिन गजल साँझ पनि राखिने भएको श्रेष्ठले जानकारी दिनुभयो । ओकुबो स्टेशनको दक्षिण गेट साउथ एक्टिबाट मात्र दुई मिनेटको दुरीमा रहेको रेस्टुरेन्ट शिनओकुबो स्टेशनबाट ५ मिनेटमा पैदल पुग्न सकिन्छ ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago