गोर्खाली भ्वाइस लोकदोहोरी सिजन १ टप आठको नतिजा साउन ४ मा गरिने !

अमृत ढकाल,काठमाडौं: बहुचर्चित बिश्वको एउटा छुटै प्रयोग गरेको गोर्खाली भ्वाइस लोकदोहोरी प्रतियोगिता सिजन १ को टप आठ साउन ४ गते बुधबार लोक सुस्केरा कार्यक्रममा मार्फत सार्वजनिक हुने भएको छ। पचास टिमहरु समाबेस भएको अडिसन राउण्ड बाट टप टेन राउण्ड मा छानिएका प्रतिस्प्रधि हरुबाट छानिने सबै कलाकारहरुको कलालाई प्रतक्ष्य प्रसारण गरेको कार्यक्रम लागि युट्युवमा पनि गोर्खालीभ्वइस डटकम मार्फत हेर्न र सुन्न सकिन्छ।

नेपाली कलासंस्कृतिको संरक्षण र सम्बर्द्धनमा समर्पित यस प्रतियोगिता कोभिड बाट आक्रान्त भएको बिश्व परिवेसमा विश्वको कुनैपनि ठाउँबाट आफुले घरमा चलाइरहेकै मोबाइल डिभाइस बाटनै जोडिएर लोकदोहोरी गित गाउन सकिने भएकोले अतिनै लोक प्रिय बन्दै गइराखेको छ।

नेपालका प्रतिष्ठित सबैजसो कलाकारहरुलाई बिभिन कार्यक्रममा प्रतक्ष्य जोडेर शुभकामना दिइसुरुबात गरिएको यो कार्यकमको उद्धघाटन समारोह जापानको टोकियोमा गरिएको थियो। यस कार्यक्रममा भागलिन कलाकारहरु पूर्व ताप्लेजुङ देखि पश्चिम सम्मको साथै अस्पतालको बेडबाट पनि गित प्रस्तुत भइरहेको देख्दा सबै नेपालीलाई जोडन बिशेष भुमिका निर्वाह गरेको छ।

यस कार्यक्रममा अडिसनमा सहभागी भएका तर टप टेन भित्र नपर्ने सबै टिमलाई प्रमाण-पत्र प्रदान गरिनेछ । सहभागि टप टेन भित्र भरेर प्रथम, दोस्रो र तेस्रो बाहेक अरुलाई प्रमाण-पत्र तथा मायाको चिनो प्रदान गरिनेछ । तेस्रो हुने सहभागी टिमलाई रु २०,०००/- र प्रमाण-पत्र, दोस्रो हुने सहभागी टिमलाई रु ३०,०००/- र प्रमाण-पत्र तथा प्रथम हुने सहभागी टिमलाई रु ५०,०००।- र प्रमाण-पत्र प्रदान गरिनेछ । कार्यक्रममा सहभागिता हुने सहभागि टिम, सहयोगी बिज्ञापन दाता, सहयोगी संघसंस्था, सहयोगी व्यक्तिहरु, प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने मनकारीहरुलाई धन्यवाद व्यक्त गर्दै यो कार्यक्रम समापन गरिने जानाकारी कार्यक्रम निर्देशक श्री संजय पौड्यालले गराउनु भएको छ।

कार्यक्रमको निर्णायकहरुमा लोकदोहोरीमा लामो समय बिताइरहनु भएका चिरपरिचित कलाकार टिका सानु , रामचन्द्र चन्द र सुर्य खड्का रहनुभएको छ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago