गोर्खाली भ्वाइस लोकदोहोरी सिजन १ टप आठको नतिजा साउन ४ मा गरिने !

अमृत ढकाल,काठमाडौं: बहुचर्चित बिश्वको एउटा छुटै प्रयोग गरेको गोर्खाली भ्वाइस लोकदोहोरी प्रतियोगिता सिजन १ को टप आठ साउन ४ गते बुधबार लोक सुस्केरा कार्यक्रममा मार्फत सार्वजनिक हुने भएको छ। पचास टिमहरु समाबेस भएको अडिसन राउण्ड बाट टप टेन राउण्ड मा छानिएका प्रतिस्प्रधि हरुबाट छानिने सबै कलाकारहरुको कलालाई प्रतक्ष्य प्रसारण गरेको कार्यक्रम लागि युट्युवमा पनि गोर्खालीभ्वइस डटकम मार्फत हेर्न र सुन्न सकिन्छ।

नेपाली कलासंस्कृतिको संरक्षण र सम्बर्द्धनमा समर्पित यस प्रतियोगिता कोभिड बाट आक्रान्त भएको बिश्व परिवेसमा विश्वको कुनैपनि ठाउँबाट आफुले घरमा चलाइरहेकै मोबाइल डिभाइस बाटनै जोडिएर लोकदोहोरी गित गाउन सकिने भएकोले अतिनै लोक प्रिय बन्दै गइराखेको छ।

नेपालका प्रतिष्ठित सबैजसो कलाकारहरुलाई बिभिन कार्यक्रममा प्रतक्ष्य जोडेर शुभकामना दिइसुरुबात गरिएको यो कार्यकमको उद्धघाटन समारोह जापानको टोकियोमा गरिएको थियो। यस कार्यक्रममा भागलिन कलाकारहरु पूर्व ताप्लेजुङ देखि पश्चिम सम्मको साथै अस्पतालको बेडबाट पनि गित प्रस्तुत भइरहेको देख्दा सबै नेपालीलाई जोडन बिशेष भुमिका निर्वाह गरेको छ।

यस कार्यक्रममा अडिसनमा सहभागी भएका तर टप टेन भित्र नपर्ने सबै टिमलाई प्रमाण-पत्र प्रदान गरिनेछ । सहभागि टप टेन भित्र भरेर प्रथम, दोस्रो र तेस्रो बाहेक अरुलाई प्रमाण-पत्र तथा मायाको चिनो प्रदान गरिनेछ । तेस्रो हुने सहभागी टिमलाई रु २०,०००/- र प्रमाण-पत्र, दोस्रो हुने सहभागी टिमलाई रु ३०,०००/- र प्रमाण-पत्र तथा प्रथम हुने सहभागी टिमलाई रु ५०,०००।- र प्रमाण-पत्र प्रदान गरिनेछ । कार्यक्रममा सहभागिता हुने सहभागि टिम, सहयोगी बिज्ञापन दाता, सहयोगी संघसंस्था, सहयोगी व्यक्तिहरु, प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने मनकारीहरुलाई धन्यवाद व्यक्त गर्दै यो कार्यक्रम समापन गरिने जानाकारी कार्यक्रम निर्देशक श्री संजय पौड्यालले गराउनु भएको छ।

कार्यक्रमको निर्णायकहरुमा लोकदोहोरीमा लामो समय बिताइरहनु भएका चिरपरिचित कलाकार टिका सानु , रामचन्द्र चन्द र सुर्य खड्का रहनुभएको छ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago