युक्रेनका राष्ट्रपति भोलोडिमिरि जेलिन्स्कीले खाद्यान्न निर्यातबारे रूससँगको भएको वार्तामा प्रगति भएको बताएका छन् । इस्तानबुल वार्तामा खाद्यान्न आपूर्तिका विषयमा प्रगति भएको उनले जानकारी दिएका हुन् ।

केही दिनअघिदेखि इस्तानबुलमा खाद्यान्न आपूर्ति गर्ने विषयमा रुस र युक्रेनका बीच वार्ता भएको थियो । वार्तामा टर्की र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरुको पनि सहभागिता थियो । राष्ट्रपति जेलिन्स्किीको प्रेस सेवाले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएअनुसार वार्तामा प्रगति भएको जनाइएको छ ।

राष्ट्रपति जेलिन्स्किीले युक्रेनको वार्ताटोलीका तर्फबाट आफूलाई दिइएको जानकारीअनुसार वार्तामा केही प्रगति भएको र त्यसमा संयुक्त राष्ट्रसङ्घ र टर्कीका प्रतिनिधि पनि सहमत भएका छन् । द्विपक्षीय सहमति भएपछि विश्व बजारमा युक्रेनमा उत्पादित खाद्यान्न सहजरूपमा आपूर्ति हुनेछ ।

युक्रेन, रुस र टर्कीका प्रतिनिधिहरुले यहाँस्थित राष्ट्रसङ्घीय कार्यालयमा आफ्ना माग पेश गरेका थिए । त्यसक्रममा युक्रेनबाट खाद्यान्न आपूर्तिको प्रयासलाई सफल बनाउनेबारेमा छलफल भएको थियो । युक्रेन युद्ध र त्यसको प्रभाव विश्वभर परेको छ जसका कारण विश्वका विभिन्न देशमा खाद्यान्नको अभाव भएको छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago