युक्रेनका राष्ट्रपति भोलोडिमिरि जेलिन्स्कीले खाद्यान्न निर्यातबारे रूससँगको भएको वार्तामा प्रगति भएको बताएका छन् । इस्तानबुल वार्तामा खाद्यान्न आपूर्तिका विषयमा प्रगति भएको उनले जानकारी दिएका हुन् ।

केही दिनअघिदेखि इस्तानबुलमा खाद्यान्न आपूर्ति गर्ने विषयमा रुस र युक्रेनका बीच वार्ता भएको थियो । वार्तामा टर्की र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरुको पनि सहभागिता थियो । राष्ट्रपति जेलिन्स्किीको प्रेस सेवाले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएअनुसार वार्तामा प्रगति भएको जनाइएको छ ।

राष्ट्रपति जेलिन्स्किीले युक्रेनको वार्ताटोलीका तर्फबाट आफूलाई दिइएको जानकारीअनुसार वार्तामा केही प्रगति भएको र त्यसमा संयुक्त राष्ट्रसङ्घ र टर्कीका प्रतिनिधि पनि सहमत भएका छन् । द्विपक्षीय सहमति भएपछि विश्व बजारमा युक्रेनमा उत्पादित खाद्यान्न सहजरूपमा आपूर्ति हुनेछ ।

युक्रेन, रुस र टर्कीका प्रतिनिधिहरुले यहाँस्थित राष्ट्रसङ्घीय कार्यालयमा आफ्ना माग पेश गरेका थिए । त्यसक्रममा युक्रेनबाट खाद्यान्न आपूर्तिको प्रयासलाई सफल बनाउनेबारेमा छलफल भएको थियो । युक्रेन युद्ध र त्यसको प्रभाव विश्वभर परेको छ जसका कारण विश्वका विभिन्न देशमा खाद्यान्नको अभाव भएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago