सेवाग्राहीलाई दुःख दिने बिचौलियालाई पक्राउ

काठमाडौँ: नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भर्‍याङमा सेवाग्राहीलाई दुःख दिने बिचौलियालाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबरजस्ती तानी सरकारी काम कारबाहीमा बाधा अवरोध गरी अनावश्यक दुःख दिने ६ जनालाई बिहीबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुरका २४ वर्षीय अजय मगर र ३४ वर्षीय वीरबहादुर मगर, रौतहटका ३३ वर्षीय विश्वबल्लभ लामा र २४ वर्षीय सुवास योन्जन लामा, झापाका २४ वर्षीय विशाल उप्रेती र सर्लाहीका २४ वर्षीय विमल पुलामी रहेका छन् । जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनीहरुले सेवाग्राहीबाट जबरजस्ती बढी शुल्क लिने गरेकाले पक्राउ गरिएको हो ।

पक्राउ परेका ६ जनामाथि मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४ को दफा ११८ को ‘अभद्र व्यवहार गर्न नहुने’ कसूरमा जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले जानकारी दिए । रासस

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago