प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द गर्न नौवटा कम्युनिस्ट दलले माग गरेका छन्। नेकपा-क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगयातले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिका भ्रमणको क्रममा प्रधानमन्त्री देउवबाट राष्ट्रघाती सम्झौताहरू हुनसक्ने भन्दै उनको भ्रमण रद्द गर्न माग गरेका हुन्।
राष्ट्रको अहितमा कुनै प्रकारका सन्धि सम्झौतामा हस्ताक्षर नगर्न पनि माग गरिएको छ।विज्ञप्तिमा अमेरिकी सहयोग परियोजना एमसिसी पारित भएपछि अमेरिकाको हस्तक्षेप एकाएक बढेको र त्यसको सहजकर्ता प्रधानमन्त्री देउवा भएको उल्लेख छ। गठबन्धनका अन्य दलहरू पनि अमेरिकी हस्तक्षेपको विरोध गर्नुको सट्टा चाकडी गर्नमा व्यस्त रहेको आरोप लगाइएको छ।
अमेरिकी रक्षा मन्त्रालयको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)लाई हिन्द-प्रशान्त सैन्य रणनीतिको एक अङ्ग भन्दै नौ कम्युनिस्ट घटकहरूले विरोध गरेका छन्।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…