शुक्रबारदेखि आमरण अनशन, सरोकारवालाले समयमै ध्यानदिन आवश्यक

काठमाडौँ: न्यायको माग गर्दै पाँच दिनदेखि काठमाडौंको बसन्तपुरमा अनशनरत अविवाहित आमा निहारिका राजपुतले आफ्नो न्यायका लागि सहयोग गरिदिन अपिल गरेकी छन् । महोत्तरीको जलेश्वर नगरपालिका–८ की निहारिका २१ महिनाको छोरासहित गत शुक्रबारदेखि आमरण अनशनमा बसेकी छिन् ।
आफू १७ वर्षको हुँदा धनुषाको क्षिरेश्वर नगरपालिका–३ का शिवराज श्रेष्ठले औषधि खुवाएर बलात्कार गरेको र त्यही कारण आफू गर्भवती भई छोरा जन्मिएको उनको भनाइ छ । ‘म पाँच दिनदेखि म र मेरो बच्चाको न्यायका लागि आमरण अनशनमा छु, मलाई सबैले सहयोग गरिदिनुहोला, मेरो न्यायको लागि सबैले बोलिदिनुहोला,’ उनले भनेकी छिन्, ‘जबसम्म मेरो बच्चा र मैले यो समाजमा इज्जतले हिँड्ने वातावरण हुँदैन, त्यो दिनसम्म म संघर्ष गरिरहनेछु ।’
उनले यो लडाइँ आफ्नोमात्रै नभई आफूजस्तै हजारौँ महिलाले न्याय पाउने वातावरण सुनिश्चितताका लागि भएको बताएकी छिन् । ‘दोषीलाई छिटोभन्दा छिटो कारबाही होस् मेरो यही माग हो,’ उनी भन्छिन्, ‘म धेरै बोल्न सक्ने अवस्थामा छुइनँ । बोल्न पनि गाह्रो भइरहेको छ ।’

निहारिकाको न्यायका लागि ऐक्यबद्धता जनाएर अनशन बसेका जस्मिन ओझा र देव शर्माले मंगलबार अनशन तोडेका छन् । निहारिकाका तर्फबाट राज्य पक्षसँग वार्ताका लागि असहज भएको भन्दै सबैले अनशन तोड्न आग्रह गरेपछि आफूले अनशन निहारिकाकै हातबाट अनशन तोडेको ओझाले बताइन् ।
अधिकारकर्मी मोहना अन्सारीका अनुसार मंगलबार गृहमन्त्री बालकृष्ण खाँण र अधिकारकर्मीबीच छलफलपछि सरकार निहारिकाको मुद्दा सम्बोधन गर्न तत्पर रहेको छ । त्यसबारे बुधबार वार्ताको तयारी भइरहेको छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago