डार्क सर्कल’ले गर्दा अनुहार बूढो र थाकेको जस्तो देखियो, के गर्ने होला ?

काठमाडौं: आँखाको वरपर आउने ‘डार्क सर्कल’ले गर्दा अनुहार बूढो र थाकेको जस्तो देखिन्छ । जसको कारण धेरैका लागि डार्क सर्कल चिन्ताको विषय बन्‍ने गर्छ । डार्क सर्कल विभिन्‍न कारणले आउँछ । तीमध्ये केही प्रमुख कारणबारे चर्चा गरौँ :

आँखाको छाला पातलो भएर वा रगतको नसा फुलेर
आँखामुनिको छालालाई शरीरको सबैभन्दा पातलो छाला मानिन्छ । यस्तो छालामा रगतका नसाहरू निलो देखिन्छ । केही कारणले रगतका नसाहरू फुले भने आँखामा डार्क सर्कल देखिन्छ । निद्रा पुगेन, थकान भयो वा बढी तनाव भयो भने त्यो बेला शरीरले स्ट्रेस हर्मोन रिलिज गर्छ । हर्मोनले रगतको नसा फुलाइदिन सक्छ । जसले गर्दा पनि डार्क सर्कल देखिन्छ । त्यस्तै कसैको आँखा कमजोर छ भने चस्मा लगाउनु जरुरी हुन्छ । किनभने, यदि आँखामा स्ट्रेस पर्‍यो भने पनि नसाहरू फुल्न सक्छ । साथै टेलिभिजन, ल्यापटप, मोबाइल धेरै हेर्ने वा चलाउने गर्दा पनि त्यसबाट निस्किएको विकिरणले आँखामा स्ट्रेस पर्न जान्छ र डार्क सर्कल देखिन्छ ।

मुखमा लगाउने जुन पायो त्यही क्रिम वा बजारमा पाइने अन्डर आइ क्रिमको प्रयोग आँखामुनिको छालामा लगाउँदा पनि डार्क सर्कल बस्छ । त्यसमा भएका केमिकल्सले इरिटेसन गराएर आँखाको नसा फुल्छ र डार्क सर्कल बढ्दै जान्छ । त्यस्तै, आँखा धेरै मिच्‍ने बानीले पनि यो समस्या निम्त्याउँछ । फेसवास गर्दा वा मुख धुँदा कालो जाला भनेर आँखा धेरै मिच्यो भने त्यहाँभित्रको नसा फुटेर डार्क सर्कल बन्छ ।

आँखामुनिको छाला कालो भएर
कसै–कसैको आँखामुनिको छाला अनुहारको अन्य भागभन्दा कालो हुन्छ । यसको प्रमुख कारण वंशाणुगत नै हो । कतिपय अवस्थामा भने घामको असर पनि हुन सक्छ । घाममा भएका विकिरणले छालालाई कालो बनाइदिन्छ । छालालाई लुज र चाउरी पारिदिन्छ । डार्क सर्कलबाट बच्‍न सनस्क्रिनको प्रयोग गर्नुपर्छ । सन स्क्रिनका साथसाथै घाममा बाहिर निस्किँदा सन ग्लास पनि लगाउनु पर्छ । सन ग्लासले हामीलाई घामबाट बचाउनुको साथै आँखालाई चम्किलो प्रकाशबाट बचाएर आँखामा स्ट्रेस कम गर्छ ।

आँखाको तलको भाग सुन्‍निएर
यदि कसैको आँखा फुलेको वा सुन्‍निएको छ भने त्यसले आँखाको तल्लो भागमा छाया पार्छ । जसलाई ‘स्याडो इफेक्ट’ पनि भनिन्छ । कसैको निद्रा नपुगेर वा धेरै सुतेर आँखा सुन्‍निएको हुन्छ । यसरी सुन्‍निँदा आँखाको तलपट्टिको छालामा छाया पर्छ र डार्क सर्कल देखिन्छ । कसैको भने पहिलादेखि नै आँखाको तल्लो भागको मासु मोटो हुन्छ । जसले गर्दा ‘स्याडो इफेक्ट’ देखिन सक्छ ।
P
आँखामुनिको टिस्यूहरू ड्यामेज भएर
आँखा तल्लो र नाकको बीचको भागलाई ‘टियर ट्रफ एरिया’ भनिन्छ । जब बुढेसकाल लाग्दै जान्छ तब त्यहाँको तल्लो भागको टिस्यू ड्यामेज हुन सक्छ । जसले गर्दा छाला पातलो र खुकुलो हुन्छ र डार्क सर्कल बन्‍ने गर्छ । त्यस्तै, घामको विकिरणले टिस्यू ड्यामेज गराएर डार्क सर्कल देखिएको हुन सक्छ । कसै–कसैको आँखा पहिलादेखि नै भित्र गडेको हुन्छ । गडेको आँखामा पनि स्याडो इफेक्टले डार्क सर्कल देखिन सक्छ । शरीरमा पानीको मात्रा कम हुँदा पनि छाला सुख्खा हुने चाउरी पर्ने हुन्छ । त्यसको असर आँखामा पर्छ । जसले गर्दा डार्क सर्कल देखिन्छ ।

समाधान के ?
डार्क सर्कलको उपचार कारणअनुसार फरक–फरक हुन्छ । यसको उपचार गर्दा छाला रोग विशेषज्ञको सल्लाह लिएर मात्र उपचार गर्नुपर्छ । निद्रा, थकान वा तनावको कारणले डार्क सर्कल बसेको हो भने त्यहीअनुसार विचार पुर्‍याउनु पर्छ । टेलिभिजन, ल्यापटप र मोबाइलमा धेरै समय बिताउनु हुँदैन । आँखामुनिको छालालाई राम्ररी म्वस्चराइज गर्नुपर्छ । घाममा निस्किँदा सन स्क्रिन र सन ग्लास लगाउनुपर्छ । आँखा मिच्‍ने बानी गर्नु हुँदैन । प्रशस्त पानी पिउनुपर्छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago