तानसेन ५ मा माओवादी केन्द्रका रावल को प्यानल बिजयी

२०७९, १ जेष्ठ आईतवार २२:३८

पाल्पा, १ जेठ । तानसेन नगरपालिका वडा नम्बर ५ मा गठबन्धनको प्यानल बिजयी भएको छ । गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका नेकपा माओबादी केन्द्रका का राम बहादुर रावलले ११०० मत पाएर बिजयी हुनुभएको छ । रावल रुख चिन्ह लिएर उम्मेदवारी दिनुभएको थियो । रावलका प्रतिद्वन्दी रहनुभएका नेकपा एमालेका बिष्णु कार्की लाई ७०४ मत प्राप्त भयो । वडा नं ५ मा गठबन्धनका तर्फबाट सम्पूर्ण प्यानल नै बिजयी भएका छन ।

वडा नं ५ मा उम्मेदवारलाई प्राप्त भएको मतभार निम्न छ ।
नगरप्रमुख: रूख – सन्तोष लाल श्रेष्ठ : १००५
सूर्य – धनेन्द्र राज घिमिरे: ७७८
उपप्रमुख:
रूख – प्रतीक्षा सिंजाली : १०७०,
सूर्य – शशी श्रेष्ठ : ७१९
वडा अध्यक्ष वडा नं ५:
रूख – राम बहादुर रावल : ११००(बिजयी)
सूर्य – विष्णु कार्की : ७०४
महिला वडा सदस्य
रूख -१०६५, सूर्य – ७२६
दलित महिला सदस्य
रूख – १०७६, सूर्य – ६८५
खुल्ला सदस्य:
रूख –  ११०६, सूर्य –  ६२१
२ रूख – १०८५, २ सूर्य –  ५५८

Comments

ताजा खबर