भद्रपुर २ को वडाध्यक्षमा कांग्रेसका कँडेल विजयी , सदस्यमा एमाले

झापा , झापाको भद्रपुर नगरपालिका वडा नं २ को वडाध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर कँडेल निर्वाचित भएका छन् ।

गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार कँडेलले एमालेका भीमबहादुर सुब्बालाई २३९ मतले हराएका हुन् । कँडेलले १३०९ मत ल्याउँदा सुब्बाले १०७० मत पाएका छन् ।पराजित भएका सुब्बा निवर्तमान वडा अध्यक्ष हुन् ।

कांग्रेसले वडाध्यक्ष जितेपनि वडाको सदस्य सबै एमालेले जितेको छ । एमालेका तर्फबाट महिला सदस्य ममता लिम्बुले ११२१ , दलित महिला सदस्य देविका वस्यालले ११३४ , खुल्ला सदस्य द्रोणविक्रम कोइराला, लीलानाथ निरौलाले क्रमश ११०६ र १०५८ मत ल्याई विजय हासिल गरेका छन् । भद्रपुरको वडा नं १ र २ को मतगणना सम्पन्न हुँदा मेयरमा कांग्रेसले २३४७ , एमालेले १७७८ , राप्रपाले १६१५ , उपमेयरमा माओवादीले २१५४ , एमालेले १७०१ र राप्रपाले १६५७ मत ल्याएको छ ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago