भरतपुरमा रेणुको अग्रता कायमै, ३९७७ मत गणना हुँदा १३७२ मत ल्याइन्

२०७९, १ जेष्ठ आईतवार ११:५४

चितवन – भरतपुर महानगरपालिकामा रेणु दाहालले १ हजार ३ सय ७२ मत प्राप्त गरेकी छिन् । तीन हजार ९ सय ७७ मत गणना हुँदासम्म गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार मेयर रहेकी दाहालले १ हजार ३ सय ६२ मत ल्याएकी छिन् ।

एमालेका मेयर उम्मेदवार विजय सुवेदीले १ हजार ३ सय ५ मत ल्याएका छन् । महानगरमा वडा २ को मतगणना सुरु भएको छ । २ को ७ सय मत गणना भइसकेको छ । वडा १ को भने मतगणना सम्पन्न भइसकेको छ ।

अहिले तीन वटा केन्द्रबाट गणना भइरहेको छ ।

यसअघि एक स्थानमा मात्रै मत गणना भइरहेको थियो ।

स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत शुक्रबार सम्पन्न मतदानमा भरतपुर महानगरपालिकाका १ लाख २७ हजार ५६६ जनाले मतदान गरेका छन् ।

महानगरपालिकामा कूल मतदाताको संख्या १ लाख ८५ हजार ७५१ रहेकामा केवल ६८.६७ प्रतिशतले मात्रै मतदान गरेका हुन् ।

भरतपुरमा कुल मतदाताको ६७ प्रतिशत मत खसेको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु