डोटी: डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका भैरवबहादुुर साउँद र कुमारी विष्ट विजयी भएका छन् ।डोटीमा यस निर्वाचनको क्रममा कांग्रेसले पहिलो पटक पालिका जितेको हो । अध्यक्षमा साउँदले २ हजार ३ सय ४३ प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका चक्र घर्तीमगरले १ हजार ६ सय ८४ मत ल्याएका थिए ।
यस्तै उपाध्यक्षमा कांग्रेसकी विष्टले २ हजार ४ सय ७ मत ल्याएकी थिइन् भने उनका निकतम प्रतिस्पर्धी नेकपा एमालेकी सपना सिराडीले २ हजार २ सय ७६ मत प्राप्त गरेकी थिइन् । उक्त पालिकामा कांग्रेसले २ वडा जितेको छ भने दुई वटामा एमाले र एउटामा माओवादी केन्द्रका अध्यक्ष निर्वाचित भएका छन् ।
०७४ को स्थानीय तहको निर्वाचनमा पनि बडीकेदार गाउँपालिकामा कांग्रेसले नै जितेको थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…