भरतपुरमा रेनु दाहाल ९८ मतान्तरले अगाडि

२०७९, १ जेष्ठ आईतवार ०८:०३

काठमाडाैँ- चितवनकाे भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरमा उम्मेदवार बनेकी रेनु दाहाल ९८ मतान्तरले अगाडि छन्।

२ हजार ९६८ मतगणना हुँदा दाहालले १ हजार १०५ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले १ हजार ७ मत पाएका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत पाएका छन्।

उपमेयरमा भने कांग्रेस अगाडि छ। कांग्रेसका चित्रसेन अधिकारीले १ हजार २२६ मत पाउँदा राप्रपाका हिमला गुरुङले ८३० मत ल्याएका छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु