शिवसताक्षी वडा नं १ मा एमालेको प्यानल विजयी

२०७९, १ जेष्ठ आईतवार ०७:४१

झापा, जेठ १ । शिवसताक्षी नगरपालिकाको वडा नं १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

त्यहाँ वडा नं १ को मतगणना सकिएको र एमालेका उम्मेदवारहरु विजयी बनेको निर्वाचन अधिकृत ऋषि पौडेलले बताए । उनले विजयी उम्मेदवारहरुले पाएको मत कम्प्युटर इन्ट्री गर्ने काम भइरहेको जानकारी दिए ।

सो वडामा एमालेका तर्फबाट वडाध्यक्षमा लक्ष्मीप्रसाद चेम्जोङ, महिला सदस्य उमा माझी , दलित महिला सदस्य निर्मला पौडेल बराइली , खुल्ला सदस्यमा नारायणप्रसाद रिजाल , पूर्णजंग चेम्जोङ उम्मेदवार रहेका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु