दमक वडा नं १ मा एमालेको प्यानलै विजयी

२०७९, १ जेष्ठ आईतवार ०७:३९

दमक, जेठ १ । दमक वडा नं १ मा एमालेको प्यानल नै विजयी भएको छ ।

आज बिहान सार्वजनिक गरिएको मतपरिणाम अनुसार वडाध्यक्षमा एमालेका हरि नेउपानेको प्यानल विजयी भएको हो ।मतपरिणाम अनुसार अध्यक्षमा नेउपानेले १२ सय ८८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी गठबन्धनका तारा अधिकारीले १२सय ६३ मत ल्याएका छन् ।

यसैगरी महिला र दलित महिला सदस्यमा एमालेका उम्मेद्वारले क्रमश १३सय १६ र १३ सय ९ मत ल्याएका छन् । यसैगरी खुला सदस्यमा क्रमश १२ सय ६६ र १२ सय २९ मत ल्याएर एमालेका उम्मेदवारहरु विजयी बनेका छन् । यो वडामा मेयरमा एमालेकी गीता अधिकारीले गठबन्धनलाई ४१ मतले पछाडी पार्दै अग्रता कायम राखेकी छन् । उपेमयरमा एमालेका अम्बिका खनालले ११सय ४९ ल्याउँदा गठबन्धनकी रेगिना प्रसाईंले १२ सय ८४ मत ल्याएर अग्रता कायम गरेकी छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु