कचनकवल वडा नं १ मा कांग्रेसको प्यानल निर्वाचित

२०७९, १ जेष्ठ आईतवार ०७:३६

झापा, कचनकवल गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसले वडाध्यक्षसहित प्यानल नै जितेको छ ।

नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बनेका महावीर लिम्बू(रञ्जीत) वडाध्यक्षमा निर्वाचित भएका हुन् । लिम्बूले १४४२ मत प्राप्त गर्दा निकटतम् प्रतिष्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार लक्ष्मीनारायण यादवले १११०मत प्राप्त गरे । यादव यसअघिका वडाध्यक्ष हुन् ।

त्यस्तै वडा सदस्यहरुमा अन्तप्रसाद राजवंशी र उद्रनारायण सिंह राजवंशी निर्वाचित बनेका छन् । महिला सदस्यमा सञ्जावती राजवंशी निर्वाचित बनेकी छिन् भने दलित महिला सदस्यमा सुनिता दर्जी निर्वाचित बनेकी छिन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु