१ जेठ, गुल्मी । गुल्मीदरवार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा सरोज थापा र उपाध्यक्षमा तारा थापा निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित थापाले नेकपा एमालेका उम्मेदवार कृष्ण भुसाललाई ५६४ मत अन्तरले हराएका छन् । थापाले ६ हजार १६६ र भुसालले ५ हजार ६०२ मत पाएको निर्वाचन अधिकृतको कार्यालय गुल्मीले जनाएको छ ।
गुल्मी दरबार गाउँपालिकामा रहेका ७ वटा वडामध्ये ४ वटा वडामा नेपाली कांग्रेस र ३ वटा वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसबाट वडानम्बर १ मा राजेन्द्र कंडेल, ३ मा रामबहादुर थापा, ६ मा मुकेश थापा र ७ मा शालिकराम टण्डन निर्वाचित भएका छन् ।
नेकपा एमालेबाट वडानम्बर २ मा विष्णु गौतम, ४ मा देविराम पोखरेल र ५ मा गुणनिधी पौडेल निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गुल्मी दरबार गाउँपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा पनि नेपाली कांग्रेस नै विजयी भएको थियो ।
यसपटकको निर्वाचनमा गुल्मीको रेसुंगा नगरपालिका पनि नेपाली कांग्रेसले जितेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…