रोगबाट पीडित तेक्वान्दो प्रशिक्षकका लागि सहयोग अभियान

धनगढी: तेक्वान्दो प्रशिक्षक शेरबहादुर सिंह लिभर (कलेजो) रोगबाट पीडित भएका छन् । उनको उपचारका लागि ५० लाखभन्दा बढी खर्च लाग्ने चिकित्सकहरूले बताएका छन् । ठूलो रकम जोहो गर्ने क्षमता आफूसँग नभएको भन्दै उनले सहयोगका लागि अपिल गरेका छन् ।
नेपाल तेक्वान्दो संघले ५० हजार सहयोग गरेको छ । उक्त सहयोग रकम सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघका अध्यक्ष सुभाष शाहीले लिभरपीडित सिंहलाई शुक्रबार हस्तान्तरण गरे । नेपाल तेक्वान्दो संघका सुदूरपश्चिम इन्चार्ज साम्राज्यविक्रम पाण्डेको पहलमा उक्त रकम पठाइएको थियो ।
लिभर ब्रिगिएर उपचाररत प्रशिक्षक सिंहले अहिले आफ्नै पहलमा उपचार गराइरहेका छन् । उनलाई चिकित्सकले लिभर ट्रान्सप्लान्ट गर्न सुझाएका छन् । यसका लागि नेपालमा झन्डै ५० लाख र भारतमा एक करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा प्रशिक्षक सिंहले आफूलाई सक्दो सहयोग आवश्यक रहेको बताए । उनले अहिलेसम्म कसैलाई आर्थिक सहयोगका लागि नगुहारेको सुनाए । अब उपचार गर्न सबै रकम आफूले तिर्न नसक्ने भएकाले सहयोगका लागि अपिल गरेका हुन् । ‘खेलाडी हुने बेलादेखि नै ग्यास्ट्रिक र अल्सरको समस्या थियो । धेरै वर्ष खेलेर पचाइयो । स्वास्थ्यमा सुरुमा लापरबाही गर्दा अहिले लिभरको अवस्था चौथो स्टेजमा छ । सबैतिर चेकजाँच पनि गरिसकेको छु,’ प्रशिक्षक सिंहले भने, ‘डाक्टरले औषधी खाएर निको हुँदैन । तर ट्रान्सप्लान्ट गरे १०–१५ वर्षसम्म बाँचिन्छ भनेका छन् । त्यत्रो रकम मसँग छैन । साथीभाइले सहयोग गरिरहेका छन् । सबैलाई सहयोग गर्न आह्वान गर्दछु ।’

सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघका पदाधिकारीबीचमा सहयोग रकम हस्तान्तरण गरिएको हो । प्रदेश तेक्वान्दो संघका अध्यक्ष सुवास शाहीले प्रशिक्षक सिंहका लागि सहयोग अभियानको सुरुआत भएको बताउँदै निरन्तर रूपमा लाग्ने जनाए । उनले तेक्वान्दोमा पुर्‍याएको योगदानको सम्मान गर्न पनि उपचारका लागि आर्थिक अभियान सञ्चालन गर्न कुनै कसर बाँकी नराख्ने अध्यक्ष शाहीको भनाइ छ । ‘सबै निकायबाट सहयोग जुटाउने अभियान सञ्चालनको सुरु गरेका छौं । यो त्यसको सन्देश प्रवाह गर्ने कार्यक्रम हो,’ शाहीले भने ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago