रोगबाट पीडित तेक्वान्दो प्रशिक्षकका लागि सहयोग अभियान

धनगढी: तेक्वान्दो प्रशिक्षक शेरबहादुर सिंह लिभर (कलेजो) रोगबाट पीडित भएका छन् । उनको उपचारका लागि ५० लाखभन्दा बढी खर्च लाग्ने चिकित्सकहरूले बताएका छन् । ठूलो रकम जोहो गर्ने क्षमता आफूसँग नभएको भन्दै उनले सहयोगका लागि अपिल गरेका छन् ।
नेपाल तेक्वान्दो संघले ५० हजार सहयोग गरेको छ । उक्त सहयोग रकम सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघका अध्यक्ष सुभाष शाहीले लिभरपीडित सिंहलाई शुक्रबार हस्तान्तरण गरे । नेपाल तेक्वान्दो संघका सुदूरपश्चिम इन्चार्ज साम्राज्यविक्रम पाण्डेको पहलमा उक्त रकम पठाइएको थियो ।
लिभर ब्रिगिएर उपचाररत प्रशिक्षक सिंहले अहिले आफ्नै पहलमा उपचार गराइरहेका छन् । उनलाई चिकित्सकले लिभर ट्रान्सप्लान्ट गर्न सुझाएका छन् । यसका लागि नेपालमा झन्डै ५० लाख र भारतमा एक करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा प्रशिक्षक सिंहले आफूलाई सक्दो सहयोग आवश्यक रहेको बताए । उनले अहिलेसम्म कसैलाई आर्थिक सहयोगका लागि नगुहारेको सुनाए । अब उपचार गर्न सबै रकम आफूले तिर्न नसक्ने भएकाले सहयोगका लागि अपिल गरेका हुन् । ‘खेलाडी हुने बेलादेखि नै ग्यास्ट्रिक र अल्सरको समस्या थियो । धेरै वर्ष खेलेर पचाइयो । स्वास्थ्यमा सुरुमा लापरबाही गर्दा अहिले लिभरको अवस्था चौथो स्टेजमा छ । सबैतिर चेकजाँच पनि गरिसकेको छु,’ प्रशिक्षक सिंहले भने, ‘डाक्टरले औषधी खाएर निको हुँदैन । तर ट्रान्सप्लान्ट गरे १०–१५ वर्षसम्म बाँचिन्छ भनेका छन् । त्यत्रो रकम मसँग छैन । साथीभाइले सहयोग गरिरहेका छन् । सबैलाई सहयोग गर्न आह्वान गर्दछु ।’

सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघका पदाधिकारीबीचमा सहयोग रकम हस्तान्तरण गरिएको हो । प्रदेश तेक्वान्दो संघका अध्यक्ष सुवास शाहीले प्रशिक्षक सिंहका लागि सहयोग अभियानको सुरुआत भएको बताउँदै निरन्तर रूपमा लाग्ने जनाए । उनले तेक्वान्दोमा पुर्‍याएको योगदानको सम्मान गर्न पनि उपचारका लागि आर्थिक अभियान सञ्चालन गर्न कुनै कसर बाँकी नराख्ने अध्यक्ष शाहीको भनाइ छ । ‘सबै निकायबाट सहयोग जुटाउने अभियान सञ्चालनको सुरु गरेका छौं । यो त्यसको सन्देश प्रवाह गर्ने कार्यक्रम हो,’ शाहीले भने ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago