जुठापौवामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

पाल्पा: जुठापौवा पानीडाँडामा शुक्रबार बेलुकी भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चार बालक घाइते भएका छन् । रैनादेवी छहरा गाउँपालिका–६, जुठापौवा पानीडाँडाबाट जुठातर्फ आउँदै गरेको बस धारापानीमा भीरबाट खस्दा दुई जनाको मृत्यु भएको हो । रैनादेवी छहरा–६, जुठापौवाका ४२ वर्षीय वेदबहादुर जीसी, ८ वर्षीय बालक अशोक रास्कोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग १ ख ४९०२ नम्बरको बस सडकबाट झण्डै ४ सय मिटर तल खसेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए । दुर्घटनापछि स्थानीय बासिन्दा र प्रहरीले उद्धार गरी घाइतेहरुलाई तानसेन पठाएका छन् । घाइतेको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको कलेजका सूचना अधिकारी कृष्ण पराजुलीले बताए ।

दुर्घटनामा जुठाका ७ वर्षीय मिलन बगाले, ८ वर्षका श्रीधर घर्ती, ७ वर्षका रोमन घर्ति र ८ वर्षका रोहित घर्ती रहेका छन् । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बस चालक प्रहरी नियन्त्रणमा रहेका छन् । मृतक जीसी गाडी मालिक हुन् । दुर्घटनास्थल सदरमुकाम तानसेनबाट ४५ किलोमिटर टाढा छ ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago