जुठापौवामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

पाल्पा: जुठापौवा पानीडाँडामा शुक्रबार बेलुकी भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चार बालक घाइते भएका छन् । रैनादेवी छहरा गाउँपालिका–६, जुठापौवा पानीडाँडाबाट जुठातर्फ आउँदै गरेको बस धारापानीमा भीरबाट खस्दा दुई जनाको मृत्यु भएको हो । रैनादेवी छहरा–६, जुठापौवाका ४२ वर्षीय वेदबहादुर जीसी, ८ वर्षीय बालक अशोक रास्कोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग १ ख ४९०२ नम्बरको बस सडकबाट झण्डै ४ सय मिटर तल खसेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए । दुर्घटनापछि स्थानीय बासिन्दा र प्रहरीले उद्धार गरी घाइतेहरुलाई तानसेन पठाएका छन् । घाइतेको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको कलेजका सूचना अधिकारी कृष्ण पराजुलीले बताए ।

दुर्घटनामा जुठाका ७ वर्षीय मिलन बगाले, ८ वर्षका श्रीधर घर्ती, ७ वर्षका रोमन घर्ति र ८ वर्षका रोहित घर्ती रहेका छन् । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बस चालक प्रहरी नियन्त्रणमा रहेका छन् । मृतक जीसी गाडी मालिक हुन् । दुर्घटनास्थल सदरमुकाम तानसेनबाट ४५ किलोमिटर टाढा छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago